जीप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उपाध्यक्ष धामीद्वारा किरिया खर्च वितरण

सेयर गरौं

पवन बोहरा – बझाङ

बैतडीबाट बझाङ आउँदै गरेको जिप दुर्घटना परि ज्यान गुमाएका ६ जनाकाे परिवारलाई केदारस्युँ गाउँपालिकाले सहयाेग गरेकाे छ ।
बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जिप दुर्घटनामा परी ज्यान गुमायका ६ जनाको परिवालाई केदारस्युँ गाउपालिकाले किरिया खर्च स्वरुप पालिका उपाध्यक्ष मनिषा धामीले ३५ हजारका दरले सहयोग रकम वितरण गर्नु भएको छ ।

उक्त रकम अन्तिम दाहसंस्कार गर्ने ठाउँमा पुगेर उपाध्यक्ष धामीले वितरण गर्नु भएको हो ।


झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्युभएको थियाे ।


मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।
जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जिप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको थिए । सडकबाट करिब ५ सय मिटर तल खसेको थियाे ।

मृतकका परिवारलाई सवारी धनीले क्षतिपूर्ति दिने भएको छ । मृतक छ जनाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने भएको उपाध्यक्ष धामीले बताउनुभयो ।
मृतकको आज दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
19
पवन बोहरा
पवन बोहरा
Articles: 35