बझाङको केेदारस्युँको दहसैनमा लाग्ने दहसैन मेला सुरू, आइतबारदेखि विभिन्न खेल संचालन गरिने

सेयर गरौं

पवन बोहरा- बझाङ

बझाङको केेदारस्युँ गाउपालिकाकाे दहसैनमा लाग्ने दहसैन मेला सुरू भएकाे छ ।
केदारस्युँ गाउपालिका वडा न ६ , ७ र ८ नम्बरकाे बिच सहसैनमा लाग्ने मेला आज बाट सुरू भएकाे हो ।
दहसैन मेलामा बिबिध खेल र जनचेतना मुलक कार्यक्रमकाे आयाेजना गरेकाे कदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिषा धामीले बताउनु भयाे ।
उहाका अनुसार दहसैन मेलामा बिबिन्न खेल हरूकाे आयाेवना गर्नुकाे कारण दहसैन ताल केदारस्युँकाे मुख्य पर्यटकीय र धार्मिक क्षत्र रहेकोले यसकाे प्रचार र केदारस्युँ भाषा,धर्म,सस्कृति र रिति रिवाजकाे संरक्षणकाे हितुते संचालन गरिएकाे बताउनु भयाे ।
दहशैन मेलाकाे दाेस्राे दिन भाेलि आईतबार बाट देखि हरू सुरू हुने आयाेजक समितिले बताएको छ । मेलामा खुल्ला पुरूस भलिबल , महिला,पुरूस देउडा प्रर्तियाेगिताकाे आयाेजना गरिएकाे छ । भलिबल तर्फ प्रथम पुरूस्कार ३५,००० द्वितीय पुरूस्कार २५,००० र तितिय पुरूस्कार १५,००० रहेकाे छ ।
त्यस्तै महिला पुरूस देउडा तर्फ प्रथम पुरूस्कार ५००० द्वितीय पुरूस्कार ३००० तितिय पुरूस्कार २००० रहेकाे दहसै मेला ब्यवस्थापन समितिका अध्यक्ष देव बहादुर धामीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35