१९ आश्विन २०८१, शनिबार
बैतडीको झौलेकमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई म्याक्स क्षेत्रीद्वारा आर्थिक सहयोग
बझाङ – जीप दुर्घटनामा परी ज्यान गुमाएका बझाङको केदारस्युँ गाउँपालिकाका ६ जनाका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
बझाङ जोड्ने जयपृथ्बी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका केदारस्युँ गाउँपालिका बाँझका ६ जनाका परिवारलाई बुङ्गलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको हो ।
क्षेत्रीले किरिया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २० हजार आर्थिक सहयोग गर्नुभएको हो ।
नेपालको राजधानी काठमाडौमा रहेर व्यापार गर्दै आइरहनुभएका म्याक्स क्षेत्रीले आफू भौतिक रुपमा उपस्थित हुन नसकेपछी कामना टेलिभिजन मार्फत सहयोग गर्नुभएको थियो ।
क्षेत्री विभिन्न सामाजिक कार्यमा मात्र अग्रसर नभई युवा व्यवसायी पनि हुन् । पछिल्लो समय विभिन्न ठाउँमा क्षेत्रीले सहयोग गर्दै आउनु भएको छ ।
नयाँ वर्ष विशु पर्मनाउन भारतको पिथौरागणबाट घर फर्किरहेका उनीहरूको चैत्र २८ गते झुलाघाटबाट बझाङको बाग्थलातर्फ आउँदै गरेको से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भयो । म उहाँहरुलाई त केही गरेपनी फर्काउन सक्दैन, तर आर्थिक सहयोग गरेर घाउमा थोरै भएपनी मलम लगाउन मन लाग्यो” म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्दै भने ।
उनलेे मृतक परिवार प्रती धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना समेत गरे ।
काठमाडौ कर्मथलो बनाउनु भएका बझाङ बुङ्गल नगरपालिकाका म्याक्स क्षेत्रीले यस अघि पनि विभिन्न ठाउँमा थुप्रै सहयोग गर्दै आइरहनु भएको थियो ।
यसअघि केदारस्युँ गाउँपालिकाले पनि किरिया खर्च स्वरुप ३५ हजारका दरले मृतक ६ जनाका परिवारलाई आर्थिक सहयोग गरेकोे उपाध्यक्ष मनिषा धामीले बताउनुभयो । त्यस्तै सवारीधनीले मृतकका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति दिने भएको छ ।
मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु हनेहरु सबै एकै गाउँका रहेका छन् ।
जिपमा सवार रहेका ५ जना सकुसल रहेका थिए । जीप सडकबाट खस्ने क्रममा सडकमै हाम फालेका पाँचै जना सकुसल रहेको थिए । सडकबाट करिब ५ सय मिटर तल खसेको थियाे ।