२ फाल्गुन २०८१, शुक्रबार

शैक्षिक सत्र सुरुहुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक
बझाङ। बझाङ जिल्लामा पनि यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेका छन् ।
विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब नपुग्ने बझाङमा यो वर्ष समयमै किताब आएकाले विद्यार्थीहरू पनि निकै खुशी देखिएका छन्।
सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै किताब आउने क्रम जारी रहेको जिल्ला शिक्षा तथा समन्वय इकाइ बझाङ का प्रमुख सुरेन्द्र कठायतले जानकारी दिनु भएको छ।
जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको स्टेशनरी सञ्चालक हर्क बहादुर बम बताउनु भयो ।
पहिलो चरणमा जिल्लाका साईपाल , तलकोट, सुर्मा मस्टा गाउँपालिका र जयपृथिवी नगरपालिकाका सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक सदरमुकाम चैनपुर मा आइपुगेको सगुन स्टेशनरीका सञ्चालक हर्क बहादुर बम्मले बताउनु भयो ।
सामुदायिक विद्यालयका कक्षा ६ देखि १० सम्मका आवश्यक किताब जिल्लामा पुगिसके भने बाँकी १ देखि ५ ढुवानी भईरहेको बम्मले बताउनु भएको छ।