२७ आश्विन २०८१, आईतवार
बिधार्थी भर्नाका लागि थलारा गाउँ पालिकाका सामुदायिक बिधालयले थाले घरदैलो अभियान ।
थलारा गाउँ पालिकाका सामुदायिक बिधालयले बिधार्थी भर्ना अभियान सञ्चालन थालेका छन् ।समयमै भर्ना , समयमै ज्ञानः गुणस्तरीय शिक्षा सवैको अभियान भन्ने नारा सहित शैक्षिकसत्र २०८० का लागि विधार्थी भर्ना अभियान सञ्चालन गरेका हुन ।
थलारा गाउपालिका वडानम्वर ८ स्थित कालिका आधारभूत बिधालयले आफ्नै पालिका आफ्नै गाउँ सबै बालबालिका बिधालय पठाउ भन्दै शिक्षक बिधार्थी सहित घरदैलो अभियान गरिरहेको प्रधानाध्यापक गगन बहादुर शाहीले बताउनु भएको छ।
बैसाख ३ गते देखि १२ गते सम्म बिधार्थी भर्ना अभियान १५ गते पाठ्यपुस्तक वितरण र१७ गते देखि पठनपाठन सुरु गरिने थलारा ७ गोठिगाउँ स्थित भगवती आधारभूत बिधालयका प्रधानाध्यापक चन्द्र देव ओझाले जानकारी दिनु भएको छ ।
थलारा गाउँ पालिका शिक्षा युपा तथा खेलकुद शाखाले
बैसाख ३ गतेदेखि १५ गते सम्म कार्यतालिका बनाई सेवा क्षेत्र भित्रका वालवालिकाको लागत संकलन बालबालिका बिधालय बाट बाहिरिनुको कारण एबं समस्या पहिचान बिधार्थी भर्नाका लागि घरदैलो सडक नाटक प्रदर्शन जस्ता क्रियाकलाप गर्न सामुदायिक बिधालयहरूलाई सुचना जारी गरेको शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनु भएको छ ।