२८ आश्विन २०८१, सोमबार
बजारमा कक्षा ५ का किताबको अभाब
शैक्षिकसत्र अगाबै पाठ्यपुस्तक बिधालयमा पुगाई सक्ने भने पनि बजारमा कक्षा ५ का पुस्तकको अभाब देखिएको छ । कक्षा १ देखि १० सम्म अन्य कक्षाका पुस्तक जिल्लामा पुगे पनि ५ कक्षाका पाठ्यपुस्तक अझै बझाङमा पुग्न सकेका छैनन ।
नेपाल सरकारले बैसाख ३ गतेदेखि बिधार्थी भर्ना अभियान सञ्चालन गरि १५ गते पाठ्यपुस्तक वितरण गरि पढाइ सुरु गर्ने भनेपनि कक्षा ५ का पुस्तक भने अझै जिल्लामा पुग्न सकेका छैनन ।
कक्षा ५ का पाठ्यपुस्तक कमै मात्र बजारमा आएका रहेछन् सकिसकेकाले हामीले पाएकाछैनौ बिज्ञान बाहेकका पुस्तक भोलि सम्म उपलब्ध हुने भनिएको छ भवानी कम्प्युटर एण्ड स्टेशनरी थलारा बझाङका संचालक लोकेन्द्र बिष्टले भन्नू भयो ।
बुधबार बिहान सम्म कक्षा ५ का पुस्तक धनगढीमा पुगेको छैन, पुस्तक पुग्न अझै २/३ दिन लाग्न सक्ने जयश्री डाडाबाघ स्टेशनरि पशल थलाराका संचालक रमेेश खड्काले बताउनु भएको छ ।
थलारा गाउँ पालिकामा कक्षा ५ बाहेकका सबै कक्षाका पाठ्यपुस्तक पुगि सकेका छन तर कक्षा ५ का भने पुस्तक नपुगेको थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक हर्क बहादुर रोकायाले बताउनु भएको छ । बैसाख १५ गते अभिभावक, बिधालय ब्यबस्थापन समिति र बिधार्थीको संयुक्त समारोहबीच पाठ्यपुस्तक बितरणको कार्यक्रम ठोस गरेकाछौ तर अझै कक्षा ५ को पाठ्यपुस्तक पुगेको छैन उनको भनाइ छ ।
नेपाल सरकारले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई र १ देखि ५ कक्षाको पाठ्यपुस्तक छपाईको जिम्मा सुदिपा ट्रेडिङ प्राइभेट लिमिटेड लाई दिएको छ ।