थलारा गाउँ पालिकामा एक दने दिवा खाजा सञ्चालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधि मस्यौदा तयारी गोष्ठी सम्पन्न ।

सेयर गरौं

थलारा गाउँ पालिकामा एक दिने दिवा खाजा संचालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधि मस्यौदा तयारी गोष्ठी सम्पन्न भएको छ।
MPDS को आयोजनामा WFP मर्सिकोर र थलारा गाउँ पालिकाको सहयोगमा स्थानीय उत्पादनमा आधारित बिधालय दिवा खाजा कार्यक्रम सञ्चालन तथा ब्यबस्थापन सम्बन्धि कार्यबिधि २०८० को मस्यौदा तयारी गोष्ठी बिहीबार सम्पन्न भएको हो ।
स्थानीय उत्पादनको प्रबर्द्धन र सुनिश्चितता गरि पालिका भित्रका सामुदायिक बिधालयहरुका बालबालिकालाई कसरी दिवा खाजा खुवाउने भन्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
मर्सिकोरले हाल थलारा गाउँ पालिकाका ४५ सामुदायिक बिधालयका ४ हजार २ सय ६२ बालबालिकालाई सहकारी मार्फत पोषणयुक्त दिवा खाजा खुवाउने गरेको छ त्यसलाई ब्यस्थित गर्न कार्यबिधि २०८० निर्माण भईरहेकाले सुझाव सल्लाहका लागि गोष्ठीको आयोजना गरिएको mpds का जिल्ला संयोजक शिबराज उपाध्यायले बताउनुभयो ।
गोष्ठीलाई सम्बोधन गर्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकास बहादुर रोकायाले मस्यौदा निर्माण गर्दा कानुनलाई मध्येनजर गरेरमात्र निर्माण गर्न सुझाव दिनु भएको थियो ।
गोष्ठीमा थलारा गाउँ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जोशी वडा नम्बर ५ का अध्यक्ष नर बहादुुर खाती, शिक्षा संयोजक हर्कबहादुर रोकाया, स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली लगायत बिषयगत शाखा प्रमुख , मर्सिकोर फिल्ड मेनेजर ईशु शंकर श्रेष्ठ , sto रजित खनाल लगायतको सहभागिता रहेको थियोे ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको गोष्ठीमा mpds जिल्ला संयोजक शिवराज उपाध्यायले कार्य विधि मस्यौदा प्रस्तुत गर्नु भएको मर्सिकोर थलारा सहजकर्ता धनशेर कठायतले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 268