वल्र्ड भिजन ईन्टरनेस्नल नेपाल र युनाइटेड मिसन टु नेपालकाे साझेदारिमा संचालित प्रयाेजनाहरूकाे अर्धवार्षिक समीक्षा गाेष्टि कार्यक्रम सम्पन्न

सेयर गरौं

पवन बोहरा – बझाङ !

बझाङको कदारस्युँ गाउँपालिकामा अर्धवार्षिक समीक्षा गाेष्टी कार्यक्रमकाे समापन गरिएकाे छ ।
केदारस्युँ गाउँपालिका वडा न ९ झाेतामा वल्र्डभिजन ईन्टरनेस्नल नेपाल र युनाइटेड मिसन टु नेपालकाे साझेदारिमा संचालित प्रयाेजना हरूकाे अर्धवार्षिक समीक्षामा बिभन्न सिकाई,चुनाैति हरू, बजेटकाे पाटाे लगायतका बिषयमा अर्धबार्यिक समीक्षा कार्यक्रममा समीक्षा गरिएकाे थियाे ।

वल्र्ड भिजन ईन्टरनेस्नल नेपाल अन्तरगत र युनाइटेड मिसन टु नेपाल अन्तर्गत तीन तीन प्रयाेजनाकाे समीक्षा सम्पन्न गरिएकाे छ । वल्र्ड भिजन ईन्टरनेस्नल तर्फ समावेशी तथा गुणस्तरीय शिक्षा प्रयाेजना,बाल संरक्षण प्रयाेजना रवाल स्पाेन्सर प्रयाेजना रहेका छन् भने युनाइटेड मिसन टु नेपाल तर्फ क्रियाकलापमा आधारित सिकाई प्रयाेजना,शिर्जना प्रयाेजना,बिपत न्युनिकरण प्रयाेजना रहेका छन् यी सबै छ वटा प्रयाेजनाहरूकाे छ महिनामा भएकाे प्रगति बारेमा समीक्षा गरिएकाे छ । याे कार्यक्रम शुक्रबार बाट संचालन भएकाे भने सनिवार सम्पन्न भएकाे छ ।

प्रगतिशील युवा समाज बझाङका अध्यक्ष रमेश कुमार केसीकाे अध्यक्षतामा समापन कार्यक्रम संचालन गरिएकाे थियाे ।
प्रमुख अथिति केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाेहरा रहनु भएकाे थियाे ।
समापन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अथिति तथा केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बाेहराले प्रगतिशील शिल युवा समाज बझाङले केदारस्युँ गाउँपालिकाका हरेक ठाउमा धरै काम कार्य गरेर धेरै सहज र पालिका बासिलाई राेजगारि मुलक बनाएकाे बताउनु भयाे ।
त्यस्तै कार्यक्रममा बाेल्दै प्रगतिशील युवा समाज बझाङका अध्यक्ष रमेश कुमार केशिले प्रगतिशील युवा समाजले बझाङका धेरै जसाे स्थानिय तह सङ्कै केदारस्युँ गाउँपालिकामा धेरै बिसयमा जस्तै बालबालिका सम्बन्धि,शिक्षा सम्बन्धि,उघ्याेम शिल्ता सम्बन्धी,टुहुरा गरिब व्यसाहारा जस्ता परिवार लाई तत्काल राहत लगाएत बिबिध बिसयमा काम कार्य गर्दै अगाडि बडेकाे समेत बताउदै कार्यक्रम काे समापन गर्नु भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35