मजखोरी माध्यमिक विद्यालयमा आजबाट शैक्षिकसत्र २०८० को पठनपाठन कार्य सुरु

सेयर गरौं

बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ स्थित मजखोरी माध्यमिक विद्यालयमा आजबाट शैक्षिकसत्र २०८० को पठनपाठन कार्य सुरु भएको छ ।
छबिसपाथिभेरा गाउँपालिका-७ का वडाध्यक्ष विजय बहादुर धामीको उपस्थितिमा आज पाठ्यपुस्तक वितरण गरि पठनपाठन कार्य सुरु गरिएको हो ।

पाठ्यपुस्तक वितरण अघि विद्यालयको प्राङ्गण,तथा कक्षा कोठा सरसफाइ गरिएको थियोे । उक्त सरसफाइमा वडाध्यक्ष बिजय बहादुर धामी , प्रधानाध्यापक गोविन्द बहादुर धामी, कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए ।

विद्यार्थीका लागि भूगोल बाहेकका अन्य आवश्यक पाठ्यपुस्तक पुगिसकेका प्रधानाध्यापक धामीले बताउनुभयो ।

वडाध्यक्ष धामीले आफ्नो फेसबुकमा पाठ्यपुस्तक वितरण र पठनपाठन कार्य  सुरु भएको जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नु भएको छ ।
पालिकाले आज वैशाख १७ गतेदेखि शैक्षिकसत्र २०८० को कार्य सुरु गर्ने निर्णय गरिएको छ । तर केही विद्यालय भने २० गतेदेखि पठनपाठन कार्य सुरु गर्ने भएका छन् ।
पालिकाले विद्यार्थी भर्ना समय भने २० गतेसम्म तोकेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212