बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्युु

सेयर गरौं

बझाङ । बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आईतवार साँझ यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको बुझिएको छ । साथै, त्यहाँका अहिले गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202