फेरि बझाङमा यार्सागुम्बा संकलन गर्न गएका एक पुरुषको चिसोले कठ्यांग्रिएर मृत्यु

सेयर गरौं

बझाङ – फेरि बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि लेक गएका एक पुरुषको हिउँमा घर फर्किने क्रममा चिसो कठ्यांग्रीएर मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका-४ का अन्दाजी ४३/४४ वर्षीय प्रमु बोहराको यार्सागुम्बा संकलन गर्ने ठाउँमा अत्याधिक हिमपात भएपछि घर क्रममा बाटोमै चिसोले कठ्यांग्रीएर मृत्यु भएको हो ।

बोहरा यार्सागुम्बा संकलन गर्ने वन चुफीमा अत्याधिक हिमपात भएपछि मंगलबार घर फर्किएका थिए । चुफीबाटै हिउँमा घर फर्किएका बोहराको तितापानी भन्ने ठाउँमा चिसोले कठ्यांग्रीएर मंगलबार राति ८ बजेको समयमा मृत्युु भएको स्थानीय निर्मल पुजाराले बताउनुभयो । पुजाराका अनुसार बोहरा संगै आएका उनका साथीहरू उनलाई चिसोले कठ्यांग्रीएर पछि तितापानी होटलसम्म पुर्‍याएका थिए ,। तर होटलमा पनि दाउरा अभाव हुँदा आगो बोल्न नसक्दा उनको चिसोको कारणले मृत्यु भएको बताइएको छ । उनलेे मदिरा समेत सेवन गरेको बुझिएको छ ।

अहिले स्थानीय आफन्त गाउँबाट घटना स्थल तितापानी पुगेका र मृतक बोहराको शव घर ल्याउने तयारी भइरहेको पुजाराले थलारा खबरलाई जानकारी दिए ।

त्यस्तै सुर्मा गाउँपालिकाकीएक महिला हिमपहिरोमा परेर् बेपत्ता भएका छन ।
सुर्मा गाउँपालिका-१ की ३३ वर्षीया झल्लादेवि बोहरा गए राति हिमपहिरोमा परेर वेपत्ता भएकी हुन |

योभन्दा अघि चिसोले कठ्यांग्रीएर सुर्मा गाउँपालिका-५ सैनगाउँका कलक बोहराको पनि सोही ठाउँमा मृत्युु भएको थियोे ।

घर फर्किदै यार्सागुम्बा संकलन गर्न गएकाहरू

बझाङमा यार्सागुम्बा संकलन गएकाहरू घर फर्किन थालेका छन्। 
केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलनका लागि गएका स्थानीयहरू घर फर्किन लागेका हुन्। 
अहिले बझाङका अधिकांश स्थानीय तहमा भारी वर्षा भइरहेको छ। यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
5
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212