२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिकाले तयार गर्यो स्थानीय पाठ्यक्रम ।
बझाङको थलारा गाउँ पालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँ पालिकाको भूगोल, इतिहास, भाषा संस्कृति लगायतका बिषय बस्तु समेटेर गाउँ पालिकाले पाठ्यक्रम तयार पारेको हो ।
पाठ्यक्रमको मस्यौदा तयार गर्न गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा पाठ्यक्रम निर्माण समिति र पालिका भित्रका शिक्षा क्षेत्रका बौद्धिक ब्यक्ति समेटि निबृत शिक्षक मान बहादुर चौहानको संयोजकत्वमा प्राबिधिक समिति गठन गेरेको थियोे ।
स्थानीय पाठ्यक्रमको मस्यौदा तयार भएपछि प्राबिधिक समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरि गाउँ पालिका अध्यक्ष तथा पाठ्यक्रम निर्माण समितिका अध्यक्ष प्रकाश रोकाया समक्ष मस्यौदाको मुल प्रति बुझाएको हो ।
स्थानीय पाठ्यक्रम मस्यौदा बुझ्दै अध्यक्ष रोकायाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु सहज बिषय होइन, प्राबिधिक समितिले कडा मेहनत गरेर तयार गरिएको यो पाठ्यक्रम गाउँ पालिकाको सम्पत्ति हो भन्दै पाठ्यक्रम तयार पार्न मेहनत गर्ने टिमलाई धन्यवाद दिनु भयो ।
हाम्रो थलारा नाम दिइएको स्थानीय पाठ्यक्रमको मुल पर्ति १सय २ पृष्ठको छ भने ९ शिर्षक रहेकाछन । पाठ्यक्रममा हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो मातृभाषा, अतिरिक्त क्रियाकलाप, शिक्षाका पुर्बाधार, नागरिक सचेतना, हाम्रो स्वास्थ्य र बिपद ब्यबस्थापन गरि ९ शिर्षक मा बिषय बस्तु समेटिएका छन् ।
मस्यौदाको पनु: एकपटक अध्ययन गरेर पठनपाठनका लागि दिइने थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत शिद्वराज पण्डितले बताउनु भएको छ । पाठ्यक्रम पालिका भरिका सामुदायिक बिधालयका १ कक्षा देखि ८ कक्षा सम्म पठन पाठन गराइने शिक्षा संयोजक हर्कबहादुर रोकायाले जानकारी दिनु भयो । पाठ्यक्रम मस्यौदा हस्तान्तरण कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, पाठ्यक्रम निर्माण समिति सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी, सहायक शिक्षा संयोजक राइभान ओली लगायत मस्यौदा निर्माण प्राबिधिक समितिका सदस्यहरुको उपस्थिति रहेको थियोे ।