८ आश्विन २०८०, सोमबार

थलाराको चनुकाँडा मेला र खापर देवताको इतिहास
बझाङ्ग जिल्लामा खापर देवता ज्यादै चर्चित र पुज्य देवताकारुपमा लिने गरिन्छ । खापर देवतालाई खापरेश्वर, खापर जगन्नाथ र खपरेश्वर आदि नामले पुर्काने गर्दछन् । खापरलाई मष्टो देवताको अर्को स्वरुप मानिन्छ । मष्टाका बाह्र भेद मध्येको एउटा भेद खापर मष्ट रहेको इतिहासकार पूर्णप्रकाश यात्री नेपालको सेती अञ्चल दिगदर्शन र राजाराम सुवेदीको कर्णाली प्रदेशको मध्यकालिन इतिहासमा उल्लेख छ। यीनै खापर देवताको गादी खप्तड क्षेत्र अन्तरगतको चनुकाँडा, सैनडाँडा र खप्तडको खापर माडुलाई मानिन्छ । चनुकाँडा, खापरमाडु खप्तड र सैनडाँडा मध्यको चनुकाँडालाई खापरको प्राचिन र ऐतिहासिक गद्दी मानिन्छ ।
चनुकाँडा थलारा गाउँपालिका वडा नम्वर ७ र ९ को विचमा पर्दछ । पुर्वमा बाता र विविराको लेक, पश्चिममा आग्राकोलेक उत्तरमा मालुमेलाको सापरा र दक्षिणमा थलारा ७ को अदुकालीको गाउ पर्दछ । समुन्द्री सतहवाट करिब १८ सय मिटरको उचाईमा रहेको यो ठाउँ अत्यन्तै शान्त र मनोरम छ । सुन्दर शान्त हरियाली चौरको विचमा अत्यन्तै प्राचिन गर्भगृह भएको खापरको माडौ छ । बैसाख पूर्णीमामा यहाँ धार्मीक मेला लाग्ने गर्दछ । वैसाख चर्तुदशीका राती थलारा गाउँ पालिका वडा नम्वर ७ आठावीसवाट र वडा नम्वर ९ सीरेटावाट ध्वजा पर्कला बाजागाजा सहीत देउरो लिएर चढाइने गरिन्छ । रातभरी खापर देवताको आराधाना गरी जाग्राम बस्ने गर्दछन । बझाङको छान्ना र थलारालगायतका स्थानमा चनुकाँडाको मेला एकदमै चर्चित मेला हो । एतिहासिक तथा धार्मिक रुपमा मनाईदै आएको यस मेलामा महिला पुरुष डेउडा खेल खेल्ने गर्दछन । बैसाख चतुर्दशीका रातमा जाग्रामबसी पुर्णीमाको दिन खापरको पुजा गरी मेला समापन गर्ने चलन छ । चनुकाँडालाई सानो खप्तडकारुपमा पनी लिने गरिन्चछ । यस मेलामा छान्ना र थलाराका दर्शनार्थीहरु मेला भर्न आउने गर्दछन । र्डामा जताततै काटिएका मुर्ति भेटीन्छन । यहाँ कुनै समय ठूलो युद्ध भएको भान हुन्छ । धार्मीक तथा पुरातात्वीक र पर्यटकीय महत्व बोकेको यस स्थलको प्रचार प्रसारको कमीले ओझेलमा परेको देखिन्छ ।
को थिए खापर
रेग्मी हरुको बंशावली अनुसार खापरको उद्भव एउटा फटीकवाट भएको उल्लेख छ । बंशावली अनुसार वाण बल र उनकी श्रीमति शोभना भीक्षाटनमा हिडेका बखत चावलको झोलीमा फटीक भेटीएको थियो । भीक्षा माग्दै खादै गर्ने बाणवलको झोलीमा फटीक भेटीएपछि चावल घट्नुको साटो बढ्दै जान थाल्यो । एक दिन ती बाणवल नामक ब्राहमणले खाना पकाउदा त्यो फटिकको लिङ झिकी प्याँकी दिए पनि दोस्रो दिन खाना पकाउदा पुनः त्यहि झोलीमा भेटाएका थिए । राती सपनामा त्यो फटिकको लिङले अफुलाई बोकी संगै लैजान र जुन ठाउँमा खस्यो त्यहि ठाउँमा स्थापना गर्न भन्यो । ती ब्राहमणले त्यस फटीकलाई त्यो दिन देखि कतै नफ्याँकी झोलीमा बोक्दै गए र त्यो खप्तडमा पुगेपछि खसेको त्यहि त्यस लिंगलाई स्थापना गरेको र त्यसलाई खापर भनि पुज्न थालेको उल्लेख छ ।
त्यस्तै अर्को भनाइमा खापरलाई छान्नाका धड्याल भुलले खप्तडमा निगाला काट्दा भेटाएको बताईन्छ । त्यो भनाई अनुसार निगाला काटी रहेका वेला धड्याल भूलको निगालावाट रगत बगेको थियो । यसरी निगालाका झाडीवाट रगत बगेपछि ती धड्यालले के रहेछ भनि हेर्दा त्यहाँ खापर देवताको लिंग भेटाएका र त्यसलाई सैनडाडामा स्थापना गरेका थिए । निगालो काट्दा ती धड्याल भुलले मुखमा चावल चपाई रहेका र त्यही बेला खापरको लिंग भेटाईएकाले अझैपनि खापरको पुजा लगाउदा पुजारीले मुखमा चावल चपाउने चलन रहेको बताईन्छ ।
खापरका फागहरुमा थलारा जन्मीया आनन्दी सिंह, चनुकाँडा उभाया खापर लिंग भनी उल्लेख छ । थलाराका राजा आनन्दी सिंहले चनुकाँडाको खापर लिंगको र मन्दिरको संरक्षण गरी यसको पुजा गर्ने चलन चलाएका थिए भन्ने बुझिन्छ ।
खापरका फागहरुमा बर्णित इतिहास
फागमा वर्णन भए अनुसार खापरका दुईवटी आमा रहेको र ती दुवै आमाका २८ छोरा थिए । एउटी आमा पट्टीका खापर सहित १२ भाई र अर्की आमा पट्टीका असंखी सहित १६ भाई थिए । सौतेला भाई भएकाले खापर र असंखिको अलग अलग दल बन्यो । खापर नवादेउका भानिज भएको बताईन्छ । खापर र असंखी बीच बलियो र ठूलो हुने होडवाजी चलि रहन्थ्यो । त्यतिवेला जुवाको रुपमा कौडा खेल्ने चलन थियो । खापरकी अत्यन्तै सुन्दरी रानी थिईन । उनको नाम मुसारानी थियो । एक दिन खापर र असंखीले कौडा खेल्नथाले कौडा खेलमा खापरको हार र असंखिको जित भयो । खापरले अफुसंग भएको सवै चिज गुमायो । खापरको हार भए पछि असंखिले खापरकी सुन्दर रानी मुसालाई पनि हरण गरेर लग्यो ।
खापरलाई आप्नी रानी मुसालाई असंखिले हरेर लगेको सह्रय भएन । आप्नो दलको वलमा असंखिलाई हराउन नसकिने हुदा युद्धगर्न मामा नवादेउ कहाँ गएको र नवादेउको सहयोग मागेको उल्लेख छ ।
नवादेउ भानिज खापर मै दलु अर्थात सेना देउन,
खापरकी मुसा रानी असंखि सित ,
खापर महाराज असंखि हित ।
खापरको यस्तो अनुरोध सुनेपछि नवादेउले दल मात्र किन दिने म आफै पनि जान्छु भन्दै आप्नो मुसाको दल सहित खापरको सहयोगमा गए । नवादेउले खापरलाई जिताउन पुनः खापर र असंखी विच कौडाखेलको आयोजनागरे । कौडा खेल्ने जमिनमुनि आप्नो मुसाको दललाई घुसाई प्वाल पार्न र कौडालाई खापरको तर्फ ढलाउन लगाए र असंखिलाई हराई खापरलाई जिताए को किंबदन्ती छ । किम्वदन्ती अनुसार खापर भन्दा असंखिको दल बलियो थियो । खापर र असंखीको युद्ध हुने नै भएपछि युद्धको नियम अनुसार बालवालिका र महिलालाई लडाईमा समावेश नगरिने भयो । खापरका सन्तान वालाविनाई लाई वाला विनाई भन्ने ठाउँमा राखियो । असंखिले आप्नै भाईकी श्रीमति लगेकाले त्यो अपराध गरेको भन्दै सम्पूर्ण देवताहरुले खापरको साथ दिए । लडाईमा असंखि कम्जोर भई हार्ने अवस्थामा पुगेपछि चनुकाँडाको गद्धि छोडी भागेका थिए । अझै पनी चनुकाँडा नजिकै असंखी दह भन्ने ठाउँ छ ।

मुसारानी
मुसारानी खापरकी रुपवति श्रीमति थिईन । यीनलाई असंखिले हरेर लगेपछि खापर र असंखिकाविच लडाई भएको कींवदन्ती छ । उनी कस्की छोरी थिईन भन्ने केहि उल्लेख नभएपनि देउचढी भन्ने ठाउँमा यीनको मन्दिर छ । यस ठाउँमा यीनको पुजा गरिन्छ । देउचढीको डिलमा यीनी वस्ने ढुंगा अझै देख्न सकिन्छ । यसलाई रानी वस्ने ढुंगाा भन्ने गरिन्छ । चनुकाँडाको जात्रा समाप्त भएपछि देउरो यहा पुग्छ।

बालाविनाई
बालाविनाई खापरका छोरा भएको बताईन्छ । असंखि र खापरको युद्ध हुदा यीनलाई चनुकाँडा भन्दा दक्षिण र अदुकाली भन्दा उत्तरको बिच जंगलमा राखिएको थियो । बालाविनाईलाई राखेकोले यस ठाउँको नाम नै बालाविनाई भनिन्छ । एउटा ढुंगामा सयौ प्वाल पारेर दियो जस्तै बनाईएकाछन् । ती बालाविनाईले केटउली पन देखाएर बनाएको बताईन्छ । चनुकाँडामा पुजा सकेर फर्किदा यस ठाउँमा पनी दियो बालेर पुजा लगाउने गरिन्छ ।

रगत बगेकाले रातोमाटो भएको धारणा
चनुकाँडा क्षेत्रमा एकदमै रातोमाटो पाईन्छ । यसलाई स्थानिय भाषामा गेरु भनिन्छ । त्यहि गेरुलाई थलाराका घरहरु पोत्नमा प्रयोग गरिन्छ । भनिन्छ खापर र असंखिको युद्धमा हजारौ योद्धाहरुको मृत्यु भएको थियो । त्यस लडाईमा मरेकाहरुको रगतले त्यहाँको माटो रातो भएको भन्ने भनाईरहेको छ ।

मुर्तिहरु काटीएका वारेको धारणा
चनुकाँडा परिसरमा जतातै विभिन्न आकृतिका मुर्तिहरु देख्न पाईन्छ । यी मुर्तिहरु कसैको टाउको काटीएका र कसैका हात,खुट्टा काटिएका देखिन्छन् । यसरी मुर्ति निर्माण हुनुमा खापर र असंखिको युद्धमा मारिएका हरुको सम्झनामा बनाईएको बताई्रन्छ । जसको टाउको काटियो उसको युद्धमा टाउको काटिएको र जस्को हात छैन त्यसको युद्धमा हातकाटिएर मारिएको थियो भनिन्छ ।

खापरको डोला सम्वन्धि धारणा
भनिन्छ खापरको प्राचिन थलो चनुकाँडा नै थियो । प्राचिनकालमा खापरको डोला देउचढी देखि चनुकाँडा सम्म जाने गर्दथ्यो । अहिलेका छान्नामा वस्ने सुतारी र पुजाराहरु थलारामा बस्ने गर्दथे । पछि थलारी राजा आनन्दी सिंहको शासनकालमा तिनीहरुलाई छान्नामा वस्न लगाए भने खापरलाई खप्तडमा स्थापना गर्न लगाए । त्यसपछि त्यो डोला सैन्डाडावाट खप्तडसम्म जाने परम्परा बसाले । अर्को भनाईमा कुनै बेला खापरको डोला अछाममा जाने गर्दथ्यो । थापा र बयानीहरुको बाहुल्यता भएको बेला त्यो डोला खोसेर छान्ना ल्याएकाले त्यस समयदेखि खप्तडवाट छान्ना सैन्डाडामा आउने परम्परा बसेको हो ।
भनाईहरु जस्तोसुकै भएपनि चनुकाँडा एकदमै प्राचिन तथा ऐतिहासिक स्थल हो । यस ठाउँमा प्राचिन सभ्यता र पुरातात्की सम्पदा लुकेर बसेको छ । यस सम्दाको जगेर्नागर्नु हाम्रो कतब्र्य हो । ओझेलमा परेको यो सुन्दर शान्त र ऐतिहासिक धरोहरलाई ओझेलको घुम्टोबाट बाहिर ल्याउन आवश्यक छ ।