१९ आश्विन २०८१, शनिबार
वार्षिक पुण्यतिथिको अवसरमा मजखोरी माविमा अध्यनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका- ७ मा रहेको मजखोरी माध्यमिक विद्यालयमा अध्यनरत गरिब जेहन्दार टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरी स्थित समाजसेवी ललित धामीले आफ्ना (स्व) बाजे बहादुर धामीको स्वर्गारोहण भएको १३ औं वार्षिक पुण्य तिथिको अवसरमा गरिब जेहन्दार टुहुरा बालबालिकालाई स्टेसनरी कापीकलम ,झोला, विद्यालय पोशाक ,जुत्ता लगायतका शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।
आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै स्वर्गीय बहादुरका छोरा जंगबहादुर धामी, नाती गोरख धामी र दिपेन्द्र धामीले प्रावि तह कक्षा ४ मा अध्यनरत बुवा नभएका छात्र राजन मण्डेल र छात्रा निरुता मण्डेललाई ८ हजार बराबरको उक्त शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
आर्थिक अभावका कारणले बुवा गुमाएका बालबालिकाहरूलाई नियमित विद्यालयमा उपस्थित हुन नसक्ने अवस्थालाई मध्यनजर गरी सक्दो सहयोग स्वरुप उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको स्वर्गीय बहादुर धामीका छोरा जंगबहादुर धामीले बताउनुभएको छ । उहाँले भन्नु भयो हाम्रो गाउँ घरमा आर्थिक अभाव भएकै कारणले विद्यालयमा उपस्थित हुन सक्ने अवस्था छैन , कोही कमजोर अवस्था भएकै कारण शिक्षाबाट बन्चित हुनु परेको छ, भने कसैले विद्यालय पोशाक त कसैले कापीकलम नभएकाले विद्यालय नियमित उपस्थित सकेका छैन , त्यस्ता बालबालिकालाई शिक्षाबाट बन्चित हुन नदिनका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेका हौ ।
उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल धामीको अध्यक्षतामा भएको थियोे भने प्रमुख अतिथि वडाध्यक्ष बिजय बहादुर धामी, विशिष्ट अतिथि वडा सदस्य अन्जना बोहरा, त्यस्तै अतिथिमा वडा सदस्य बसन्त धामी विद्यालयका प्रधानाध्यापक गोविन्द धामी लगायतका शिक्षकहरू रहनु भएको थियोे ।
कार्यक्रममा स्वागत मनतव्य राख्दै प्रधानाध्यापक गोविन्द धामीले उहाँले समाज सुधारका लागि अतुलनीय काम गर्नुभएको छ , यसका साथै उहाँको यसयोगदानले अन्य मान्छेलाई पनि यस्तै कार्य गर्न प्रेरित गर्नु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धामीले कार्यक्रममा बोल्दै स्वर्गीय धामी सकारात्मक सोच भएका एक महान पुरुष भएको बताउँदै उहाँ प्रति श्रद्धा सुमन व्यक्त गर्नु भएको थियोे । उहाँले बालविवाह गर्नु हुँदैन , लगायतका सकारात्मक सुझाव सल्लाह दिइरहनु हुन्थ्यो ।
साथै आजै विहान उहाँको वार्षिक पुण्य तिथिको अवसरमा उहाँले २०३५ सालमा बुड्खोरी टोल हरिचन्द्र माडुमा निर्माण गरेको ढुङ्गे धाराको सरसफाइ गरिएको छ । वडाध्यक्ष धामीको पहलमा र स्थानीयको उपस्थितिमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै धाराको सरसफाइ गरिएको हो ।
२०७९ सालदेखि गरिब जेहन्दार टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको वार्षिक पुण्य तिथिको मनाउन थालिएको हो ।
पहिलो संस्करणमा बुड्खोरीमा रहेको सुर्मा आधारभूत विद्यालयमा अध्यनरत २ टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियोे । वार्षिक पुण्य तिथिको अवसरमा वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण कार्यलाई निरन्तरता दिने दिपेन्द्र धामीले बताउनु भयो । अर्को वर्ष नमुना आधारभूत विद्यालय नौरामा अध्यनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिनेछ ।
उहाँको कार्य अतुलनीय महान भएको भन्दै उपस्थित अभिभावक शिक्षकहरूले यो कार्यलाई निरन्तरता दिन पनि आग्रह गर्नु भएको थियोे ।