१९ आश्विन २०८१, शनिबार
दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु
दार्चुला । दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका—३ दार्माका १५ वर्षीय नरेश खत्रीको सोमवार बेलुकी ५ बजेतिर चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै, चट्याङ लागेर २ जना घाइते भएका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीया मिना खत्री र ३० वर्षीय कुमार खत्री रहेका छन् । मिना र मृतक नरेश आमा छोरा हुन् ।
खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1