२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिकाले गर्यो चालू आर्थिक बर्षको दोस्रो चौमासिक समिक्षा, अहिलेसम्म ३६ प्रतिशत प्रगति
थलारा गाउँ पालिकामा आर्थिक बर्ष २०७९/८० को हाल सम्म ३६ प्रतिशत कार्य प्रगति भएको छ । सोमबार थलारा गाउँ पालिकाले गरेको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा चालु आर्थिक बर्षको हाल सम्म पुजीगत तर्फ ३६ प्रतिशत कार्य प्रगति भएको बिबरण प्रस्तुत गरिएको हो ।
चालू आर्थिक वर्षको हाल सम्म पुजिगत तर्फ ३६ प्रतिशत र सामाजिक सुरक्षा तर्फ ६७.५८ प्रतिशत प्रगति भएको लेखा अधिकृत दिपक राज पाण्डेले बताउनु भयो ।
थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले पालिकाका धेरै साना योजनाहरु सम्पन्न भैसकेको भए पनि भुक्तानी हुन बाकी छ ठूला योजना बन्दै गरेको भए पनी चालू आर्थिक बर्षको अन्तिम चौमासिक सम्म आइपुग्दा सम्म पालिकाको प्रगति ३६ प्रतिशत मात्रै देखिनु सन्तोषजनक नभएको बताउनु भयो । सम्झौता अनुसार समयमै उपभोक्ता समितिले काम नगर्नु र काम सम्पन्न भएपछि पनि समयमै भुक्तानी लिन नआउने प्रबृत्तिले गाउँ पालिकाको कार्य प्रगति कम देखिएको हो प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले समीक्षा कार्यक्रम फलदायी भएको भन्दै कार्य सम्पादनका क्रममा देखिएका कम्जोरी सच्याएर अगाडि बढ्न र जनतालाई सेवा दिन कर्मचारीलाई निर्देशन दिदै आफू पनि निस्वार्थ सेवामा खटिएको धारणा राखनू भयो ।
थलारा गाउँ पालिकाले चालू आर्थिक बर्षमा ४ सय बढी योजनाका लागि ६१ करोड ५७ लाख ८९ हजार ६ सय ५३ रुपैयाँ कुल बजेट बिनियोजन गरेको थियोे । चालू बर्षको अहिलेसम्म पालिकाले ३८ करोड २२ लाख ९८ हजार २ सय ४३ निकासी गरेको छ ।
समीक्षा गोष्ठीमा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती ९ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य पालिका भित्रका बिषयगत शाखा प्रमुख र वडा सचिवहरुको सहभागीता रहेको थियोे ।