एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सेयर गरौं

बझाङ, २६ बैशाख/बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका-६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एकै दिशातर्फ गइरहेका एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१-०११ झ ३६१ नम्बरको एम्बुलेन्स र से ५ च २४२० नम्बरको मोटरसाइकल उच्छिन्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लिदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रहरी चौकी देउलेखले एम्बुलेन्स चालक हर्कबहादुर ढाटलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाइएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201