२७ आश्विन २०८१, आईतवार
शैक्षिक गुणस्तर बृद्विकालागि थलारा गाउँ पालिकाले गर्यो सामुदायिक बिधालयका बिब्यस र प्रअहरु संग दुई दिने अन्तरक्रिया कार्यक्रम
शिक्षाको गुणस्तर बृद्धिकालागि थलारा गाउँ पालिकाले सामुदायिक बिधालयका बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरु संग दुई दिने अन्तरक्रिया गरेको छ ।
पालिका भित्रका सामुदायिक बिधालयमा शिक्षाको गुणस्तर खस्किएको जनगुनासो आएपछि गुणस्तर खस्किनुका कारण के हुन कसरी शिक्षाको गुणस्तर अभिबृद्वि गर्न सकिन्छ भन्ने उदेश्यले थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा गरिएको दुई दिने कार्यक्रम बैसाख २६ गते माध्यमिक र निम्नमाध्यमिक तहका बिब्यस अध्यक्ष र प्रअ संग र २७ गते प्राबि तहका बिब्यस अध्यक्ष र प्रअ संगको अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । कार्य पत्रमा उनले शिक्षाको गुणस्तर खस्किनुमा अभिभावकले असल अभिभावकत्व बहन गर्न नसक्नु, बिब्यसले आफ्नो भुमिका निभाउन नसक्नु, शिक्षकले पेशालाई ब्यबसायका रुपमा लिनु, बिषयगत शिक्षकको अभाब,अनुत्तीर्ण प्रणाली हट्नु, परीक्षा र मूल्यांकनमा अबिस्वास्नियता,बिधालयमा राजनीति गर्नु,एउटै शिक्षक लामो समयसम्म एउटै बिधालयमा कार्यरत रहनु,अनुगमनको कमि,कोभिडको असर, भौतिक संरचनाको अभाव लगायतका कारण रहेका उल्लेख गर्नु भयो ।
त्यस्तै गुणस्तरीय शिक्षा प्रति अबिस्वास्नियता, नयाँ प्रबिधि र सुचनाको अभाब चुनौती रहेको भन्दै शिक्षाको गुणस्तर बृद्विकालागि अभिभावक शिक्षा हुनु पर्ने, बिब्यसले आफ्नो अधिकार र कर्तव्य प्रयोग गर्नुपर्ने, दरबन्दी मिलान गर्नु पर्ने, निश्चित समयावधिमा शिक्षकको सरुवा गरिनु पर्ने,बिध्यार्थी कम भएका बिधालयमा डाउन साइज गरिनुपर्ने,परीक्षा प्रणालीमा सुधार गर्नु पर्ने र निरन्तर अनुगमन गर्नुपर्ने कार्यपत्र प्रस्तुत गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले सामुहिक प्रयत्न बाट शिक्षाको गुणस्तर बढ्ने भएकाले सामुहिक प्रयत्न जरुरी भएको कताउनु भयो । साथै उनले शिक्षकको दरबन्दी मिलान गर्ने ,तालिमको ब्यबस्था गर्ने, राम्रो लाई प्रोत्साहन र खराबलाई दण्डित गर्ने,भौतिक बाताबरण मिलाउने,र शैक्षिक सुधारको योजान बनाईने भन्दै शैक्षिकसत्रको अन्तमा गाउँ पालिकाको शैक्षिक गुणस्तर बढीको देख्न पाउने आसा राखेको बताउनु भयो ।
त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले शिक्षाको गुणस्तर बृद्विकालागि कार्य योजना बनाईको छ त्यस अनुसार अगाडि बढ्ने र त्यसले खस्किएको शैक्षिक गुणस्तरमा सुधार आउने आसा राखेको बताउनुभयो ।
त्यस्तै गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले शैक्षिक गुणस्तर सुधार्न गाउँ पालिका एकमत रहेको भए पनि काम गराईको तरिका नमिल्दा समस्या भएकाले अब काम गराईमा पनि एकरूपता आउन आबश्यक रहेको धारणा राख्नु भयो । साथै उनले शिक्षक बिब्यस र अभिभावक ले आआफ्नो कर्तव्य निर्बाह गरे शैक्षिक गुणस्तर बृद्वि हुने भएकाले बिकासकालागि सबै एकमत हुनुपर्ने बताउनु भयो ।साथै उनलेे थलारा गाउँ पालिकाको शैक्षिक गुणस्तर सुधार्न शिक्षा नीति निर्माण भैरहेकाले अन्य सरोकारवालासंग पनि छलफल गरिने बताउनु भयो । कार्यक्रमको सञ्चालन शिक्षा सहायक रायभान ओलीले गर्नु भएको थियोे ।
कार्यक्रमको अन्तमा शैक्षिक सुधारका लागि बिधालय समायोजन गर्न, दरबन्दी मिलान गर्ने र डाउन साईज गर्न तयार भएको प्रतिबद्धता समेत गरिएको थियोे ।
कार्यक्रमा ९ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,साईपाल बिकासका धनप्रशाद जोशी आईडएसका सुरेश सिंह ४२ वटै बिधालयका प्रअ र बिब्यस अध्यक्षको सहभागीता रहेको थियोे ।