२७ आश्विन २०८१, आईतवार
शिक्षा सुधारका लागि हाम्रो प्रयास
मालिकार्जुन गाउँ पालिकाकाे शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि दरबन्दी मिलान लगायतकाकाे कार्य सम्पन्न भएकाे छ । यस कार्यमा बिशेष सहयाेग गर्नुहुने मालिकार्जुन गाउँ पालिका अन्तरगतका सबै राजनीतिक दल, सम्पुर्ण शिक्षक ट्रेडयुनियनका सरहरू ,पेशागत महासंघका प्रतिनिधि सरहरू , सबै ४४ वटै बिद्यालय ब्यस्थापन समितिका अध्यक्षज्युहरू , सम्पुर्ण प्रधानाध्यापक एवं शिक्षक शिक्षिकाज्युहरू ,बुद्धिजीवी समाजसेवी लगायत शिक्षाप्रेमी, सामाजिक विकास कार्यालय , शिक्षा विकास समन्वय एकाई , पालिका स्तरिय दरबन्दी मिलान तथा विद्यालय समायाेजन कार्य दलका सरहरू , गाउँ शिक्षा समिति ,सबै ८ वटै वडाका वडा अध्यक्षज्युहरू , हाम्राे सिङ्गाे कार्यपालिका साथीहरू यस बिषयमा राय, सल्लाह र शुझाव, प्रेरणा एवं हाैसला प्रदानगर्नु हुने आम मालिकार्जुनबासी आमाबुवा, दिदिबहिनी दाजुभाई सबैमा यस मालिकार्जुन गाउँ पालिकाकाे दिगाे बिकास र समृद्धिकाे आधार निर्माण गर्ने , शैक्षिक अभियानमा अतुलनीय सहयाेग गर्नुहुने सबैमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
शिक्षक दरबन्दी मिलान :
नेपालकाे संविधान २०७२ काे अनुसुचि- ८ काे ७ मा ब्यवस्था भए अनुसार आधारभुत तह र माध्यमिक शिक्षा स्थानीय तहमा रहेकाले , संवैधानिक जिम्मेवारी पूरा गर्नु स्थानीय तहकाे दायित्व एवं कर्तब्यबाेध गरि, यस मालिकार्जुन गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन ,२०७४ काे परिच्छेद ३ काे ११ भएकाे कानुनी प्रावधान अनुसार सामुदायिक बिद्यालयकाे शिक्षक तथा कर्मचारी दरबन्दी मिलान र साेहि परिच्छेदकाे -१२ नं. मा उल्लेखित विद्यालयकाे नक्साङ्कन,अनुमती ,स्वीकृति , समायाेजन तथा मिलान सम्वन्धी भएकाे कानुनी आधारहरूकाे पालना गर्नुका साथै बिद्धमान ऐन कानुन , विभागिय निर्देशन परिपत्र, मापदण्डमा भएकाे ब्यवस्थाका साथसाथै मालिकार्जुन गाउँ पालिकाकाे शिक्षा ऐन, नियमावली ,कार्यबिधि र कार्यपालिकाे निर्णयहरूका आधारमा मालिकार्जुन गाउँ पालिका भित्र रहेका झण्डै १९० जति शिक्षकहरूकाे दरबन्दी मिलान , अन्तरपालिका स्थानान्तरण ,मापदण्डमा आधारित विद्यालय स्वीकृत र समायाेजन गर्ने काम सम्पन्न भएकाे छ ।
दरबन्दी मिलानकाे सन्दर्भमा भएका प्रयाशः सराेकारवालाहरू सबैकाे सहभागतीमा समीक्षा,अन्तक्रिर्या एवं साझा प्रतिवद्धता सहितकाे निर्णय , दरबन्दी मिलान तथा बिद्यालय समायोजनका लगि गाउँ कार्यपालिकाकाे निर्णयले उक्त कार्य सम्पन्न गर्न बनेकाे कार्यदले २०८० बैशाख मसान्त सम्म प्रतिबेदन पेश गर्ने कार्यपालिकाकाे निर्देशन पालन गरि निर्धारित समयमा नै कार्यदले कार्य सम्पन्न प्रतिबेदन , गाउँ शिक्षा समितिमा पेश गर्ने कार्य सम्पन्न गरेकाे हाे ।
गाउँ शिक्षा समितिबाट प्रतिबेदन माथि आवस्यक सुझाव सहित कार्य पालिकामा अनुमाेदनका लागि पेश गरि , मिति २०८० / ०१/ २६ गतेकाे गाउँ कार्यपालिका, गाउँ शिक्षा समिति र दरबन्दी मिलान तथा बिद्यालय समायाेजन समितिकाे सयुक्त बैठकबाट सर्वसम्मतिले निर्णय गर्ने कार्य सम्पन्न भएकाे हाे । साथै २०८० बैशाख २८ गते भित्र सम्पुण विद्यालयमै गएर पालिकाे टिमले पत्र हस्तान्तरण गर्ने कार्य सम्पन्न गरि सकेकाे छ । जेठ १ देखि सबै बिद्यालयहरूमा नयाँ जाेश, जागर ,उत्साह एवं शैक्षिक जिम्मेवारी सहित विद्यालयमा पाल्नुहुने सर म्यामहरूकाे स्वागत सहित हाैसला प्रदान गर्नहुन सबै मालिकार्जुनबासी हरूमा हार्दिक अपिल गर्दछु ।
सहयोगी हाम्रो टिम :
दरबन्दी मिलान तथा समायाेजन कार्यदलमा रहेका पालिकामा क्रियशिल रहेका शिक्षक ट्रेडयुनियनका सहरू ( खासगरि शिक्षक महासंघका तर्फबाट अध्यक्ष श्याम गीरी र प्रतिनिधि नारायण जाेशी, शिक्षक संघका तर्फबाट प्रतिनिधि तिलक सिह धामी , शिक्षक संगठनका प्रतिनिधि अध्यक्ष लाल सिह धामी र क्रान्तिकारि शिक्षक संगठनका तर्फबाट प्रतिनिधि अध्यक्ष शुरेन्द्र गीरी र पेशागत महासंघका तर्फबाट हरि दत्त जाेशी बुद्धिजीवी पुर्व शिक्षक तथा शिक्षा समिति सदस्य किसन सिंह धामी , बिद्यालय शिक्षक प्रतिनिधि दान सिंह धामी , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बि.नि. लाेकेन्द्र सिंह धामी र सामाजिक बिकास समित संयाेजक मदन चन्द रहेकाे प्राविधिक कार्यदले तयार पारेकाे प्रतिबेदनलाई गाउँ शिक्षा समिती हुदै कार्यपालिकाबाट निर्णय गर्ने काम सम्पन्न भएकाे हाे । जसका लागि सहयोगी सबैलाई धन्यवाद छ ।
हाम्रो प्रयासको नतिजा र आधार :
१: मापदण्ड अनुसार विद्यार्थी अनुपात र भाैगाेलिक नक्साङ्कन लाई विशेष ख्याल गरिएकाे छ ।
२: कुनै विद्यालयमा बिद्यार्थी संख्या बढि हुने र शिक्षक कम हुने अवस्था थियाे भने कुनै कुनै विद्यालयमा शिक्षक बढि हुने विद्यार्थी संख्या कम भएर शिक्षक थन्किएर रहेकाे अवस्था ब्यवस्थापन भएकाे छ ।
३: हरेक बिद्यालय र विद्यार्थीले दक्ष तथा बिषयगत शिक्षकबाट सर्वसुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्ने माैलिक हककाे सुनश्चितता ( जस्तै केही बिद्यालय मा एउटै बिषयका २/ २ जना शिक्षक थन्किएर रहनु कसैले १वटै शिक्षक नपाएर बिभेदकारि ब्यवहारकाे अन्त गर्ने प्रयाश गरिएकाे छ । )
४: यसरी थन्किएर बसेकाे शिक्षक जनशक्ति न्यायाेचित र समुयाेचित वितरणले राज्यकाे झण्डै आधा ब्यय भार कमहुने भएकाे छ । ( मालिकार्जुन गाउँ पालिकामा बार्षिक रूपमा झण्डै पैने तीन कराेड जति शिक्षक कर्मचारीमा खर्च भइरहेकाे सन्दर्भमा यस दरबन्दी मिलानबाट बिषयगत दक्ष शिक्षक ब्यवस्थापन गरेर पनि हालका वजेट लगानी झण्डै आधा घट्न सक्ने भएकाे छ । उक्त बजेटलाई मात्रै उपयाेग माैजुदा शैक्षिक जनशक्तिकै प्रयाेग गरेर पालिका स्तरमा आवासिय सुबिधा सहित कम्तिमा १ वटा बिद्यालय संचालन गर्न सकिने छ । त्यसै गरि बार्षिक कम्तिमा ५ वटा नमुना बिद्यालय बनाउन लगानी गर्न सकिने ।११ वटा अंङ्ग्रेजी माध्यमका विद्यालय संचालन गर्न सकिने। वर्तमान समय सापेक्ष शिक्षाकै लागि छाेरा छाेरी पढानका लागि बसाइँ सर्नु पर्ने बाध्यतालाई कम गर्न सकिने छ जसले स्थानिय आन्तरिक उत्पादनमा समेत टेवा पुग्न गई खस्कदाे अर्थतन्त्रमा समेत टेवा पुग्ने छ ।
5-कम्तिमा पनि ८ वटा ICT सहितका बिद्यालय सहयाेग कार्यक्रम गर्न सकिने छ ।
6- विभिन्न बिधाका पालिका स्तरमै २ वटा संचालित र थप १वटा गरि ३ वटा प्राविधिक बिद्यालय सहयाेग तथा संचालन गर्न सकिने छ ।
7- शिशु कक्षा संचालन र ब्यवस्थापनका लागि थाेरै भएपनि २० वटा ठाउँमा शिशु कक्षा ब्यवस्थापन गर्न सकिने छ ।
8- थुप्रै शैक्षिक सामाग्रि र केही बिद्यालयहरूमा सहलगानिमा कक्षा काेठा सुधार , भवन ,साैचालय ,खानेपानी ,खेलमैदान र सामग्री सहितकाे सुधार तथा मर्मत सम्भारमा लगानी गर्न सकिने छ ।
यदि यथास्थितिमै रहेमा हाम्रा सामुदायिक विद्यालयहरू अबकाे केही बर्षमा खालि भवन र बिना विद्यार्थीका शिक्षक मात्रै रहने अवस्था थियो।
हाम्रो एउटा अध्यनले यस पालिकामा विगत १० बर्ष यता झण्डै ३२सयकाे हाराहारिमा विद्यार्थी संख्या विभिन्न कारणल घटेकाे देखिन्छ भने संख्या एउटा अध्ययन ले देखाउछ भने , झण्डै ३ हजार हाराहारिमा छाेरा छाेरि पढाउनैका लागि गाउँ छाेडेकाे देखिन्छ । याे अवस्था यदि बदल्न नसक्ने हाे या ढिला गर्नेहाे भने यसले भाेलिका दिनमा ठुलाे समस्या ननिम्त्याउला भन्न सकिन्न । यस कारण बेलैमा हामीले केही थाेरै साेच्ने प्रयास गरेका छाै । यसमा सबैका साथ सहयोग चाहिन्छ ।
राष्ट्रिय मापदण्ड अनुसार बिद्यार्थी शिक्षक अनुपात १:४० , अन्तर्राष्ट्रिय १:२५ तर हाम्राे पालिकाे हालकाे माैजुदा मालिकार्जुनकाे शिक्षक बिद्यार्थी अनुपात १:२० रहेकाे छ ।
विद्यालय स्वीकृति र समायाेजन :
१ : लामाे समय देखि प्रस्तावित अवस्थामा संचालित विद्यालयहरूलाई एक तह माथिकाे स्वीकृति प्रदान गरिएकाे छ भने प्राथमिक तहकाे स्वीकृति प्राप्त गरेर निमावि तथा मावि संचालन गरेका बिद्यालयहरूकाे निमावि तहकाे स्थायी स्वीकृत गरि बिषयगत दरबन्दी ब्यवस्थापन गरिएकाे छ । त्यसैगरी प्रस्तावित मावि रहेका निमावि स्वीकृतिमा संचालित विद्यायहरूलाई माविकाे स्थायी स्वीकृत गरी बिषयगत दरबन्दीकाे ब्यवस्थापन गरिएकाे छ ।
२ : अत्यन्त न्यून विद्यार्थी संख्या भएका मापदण्ड अनुसार विद्यार्थी अपुग भएका बिद्यालयहरूलाई तह घटाउनुका साथै केही बिद्यालयहरू नजिककाे बिद्यालयमा समायाेजन भएका छन । साथै कक्षा १ बाट अङ्ग्रेजी माध्यमबाट संचालन गर्नचाहने बिद्यालयहरू लाई वार्षिक १ लाख अनुदान दिने नीति समेत पालिकाले अवलम्बन गरिएकाे छ ।
३: शिक्षक स्थानान्तरणका सम्वन्धमा :
एउटै विद्यालयमा लामाे समय सम्म काम गरिरहदा कार्यसम्पादनमा जति उपलब्धि हुनु पर्ने हाे साे हुननसकेकाे अवस्था विश्लेषण तथा शिक्षा नियमावलीमा भएकाे ब्यवस्थालाई मध्यनजर गर्दै स्वैच्छिक रूपमा मालिकार्जुन गाउँ पालिकामा कार्यरत सम्पुर्ण शिक्षक शिक्षिकाहरूलाई अन्तर पालिका विद्यालय छनाैट गर्न निबेदन आह्वान गरि साेहि अनुसार प्रार्थमिकताका आधारमा प्रावि तहमा लगभग सबै र निमावि ,मावि तहमा केही गरि शिक्षक, शिक्षिकहरूकाे स्थान्तरण गर्ने कार्य सम्पन्न भएकाे छ । जसका लागि तपाई समाज सुधारका तथा शिक्षादाता सबै शिक्षक शिक्षिकाहरूलाई हार्दिक धन्यवाद छ ।
यसरी लामाे समय देखि थाति रहेकाे दरबन्दी मिलान जस्ताे एउटा चुनाैति पुर्ण कार्य सम्पन्न भएकाे छ । भने अर्काे थपिएको ठुलाे चुनाैती हामी सबैका लागि भने मालिकार्जुन गाउँ पालिकाकाे सिङ्गै शैक्षिक अवस्थालाई लिगमा ल्याएर तिब्र सुधार र प्रगतिका साथ अघि बढाउने चुनाैति र अभिभारा तपाई हामी सबैकाे काधमा थपिएकाे छ । काधमा काध हातमा हात दिएर साथ दिन सबैमा अपिल गर्दछु ।
आज भन्दा ठिक एक बर्ष अघि हामीलाई आम मालिकार्जुनबासीले दिएकाे , शिक्षा ,स्वास्थ्य ,राेजगार एवं सामाजिक सुरक्षा गर्ने अभिभारा र जिम्मेवारी पुरागर्न निर्भिकताका साथ दृढ संकल्पित भएर अघिबढने पुन : प्रण गर्दै यहाँहरूकाे साथ र सहयाेगकाे सधै आभारि छु ।
जनताको सेवक
हिरा सिंह धामी
अध्यक्ष
मालिकार्जुन गाउँपालिका, दार्चुला