खप्तडमा तीन दिने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने

सेयर गरौं

धनगढीः  ‘धर्तीको स्वर्ग’ उपमाले चिनिएको सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ।

खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएर पर्यटन प्रवर्द्धन  गर्ने उद्देश्यले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही २३ जेठदेखि तीनसम्म आध्यात्मिक सम्मेलन हुन लागेको हो। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ भने सम्मेलनमा स्वामी रामदेवले योगाभ्यास र ध्यान गराउने  तथा प्रवचन दिने तय भएको छ।

आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्री, सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता, जगतगुरु कृपाचार्य, आचार्य बालकृष्णलगायत विशिष्ट व्यक्तित्वसहित करिब पाँच सय जनालाई सहभागी गराउने आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन  समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201