२८ आश्विन २०८१, सोमबार
थलारामा जताततै देखियो लम्पिस्किन अहिलेसम्म ३० बढी पशु चौपाया मरे
थलारा गाउँ पालिकाका पशु चौपायामा लम्पिस्किन रोग देखिएको छ । पालिकाका सबै वडामा देखिएको यस रोगका कारण ३० भन्दा बढी पशु चौपाया मरेकाछन् ।खेतीपातिको सिजन नजिकिँदै गरेको बेला गोरु मर्न थालेपछि किसानहरु चिन्तित भएकाछन ।
लम्पिस्किन रोगबाट सबैभन्दा बढी १६ वटा गाई मरेका छन् । त्यस्तै रोगबाट १० गोरु,२ भैंसी र ३ बाख्रा मरेको थलारा गाउँ पालिकाले जनाएको छ ।
अहिले पालिकाभरि चौपामा जताततै लम्पिस्किन रोग देखा परेको छ सबैभन्दा बढि गाईमा देखापरेको छ, गाईमा रोगसँग जुध्ने शक्ति कम हुने हुदा अन्य चौपायाहरुको तुलनामा गाईहरु धेरै मरेको थलारा गाउँ पालिका भेटेनरी शाखा प्रमुख चन्द्रबहादुर रोकायाले बताउनु भएको छ।
यो रोग भाईरसका माध्यमबाट फैलिने गरेको छ,यस रोगको भ्याक्सिन छैन तैपनि प्राथमिक उपचारका रुपमा ईन्जेक्सन दिई रहेकाछौ भेटेनरी शाखा प्रमुख रोकायाले भन्नुभयो शाखाबाट अहिलेसम्म पालिकाभरि ९ सय ६८ पशु चौपायाको उपचार गरि सकेकाछौ ।
यश रोगबाट बच्ने उपाय भनेको पशु चौपायालाई छाडा नछाड्ने बिरामी चौपायालाई छुट्टै राख्नु पर्ने रोकायाको सुझाव रहेको छ । चौपायाको शरिरभरि ठुल्ठूला फोका देखा पर्ने हिड्न नसक्ने र खाना नखाने यस रोगका लक्षण रहेका छन् । हाल यो रोग देशैभर देखा परेको छ ।