२४ माघ २०८१, बिहीबार

थलारा गाउँपालिकाले चलायो नमुना युवा संसद
थलारा गाउँपालिकामा नमुना युवा ससद २०८० सुरु भएको छ । थलारा गाउँपालिकाको आयोजनामा र नयाँ युवा नयाँ सोच नेपाल बझाङ इकाइको सहकार्यमा ३ दिने नमुना युवा संसद संचालन गरिएको हो । युवाहरुको नेतृत्व र क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
नयाँ युवा नयाँ सोच बझाङ इकाइ अध्यक्ष संजिता धामीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि थलारा गाउँ पालिका अध्यक्ष प्रकास रोकायाले उदघाटन गर्नु भएको हो । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले अहिलेका युवा भोलीको सत्ता सञ्चालन गर्ने नेतृत्व भएकाले राज्यका अंग कानुन निर्माण बिध्यक प्रस्तुत लगायतका बारेमा अभ्यास सहित जनकारी गराउने साथै युवा पिढिमा राज्यवाट निर्मित संरचनाको संरक्षण र अपनत्व जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै उनले यो कार्यक्रमवाट सिकेर बिधालयका अतिरिक्त क्रियाकलापमा अभ्यास गर्नु पर्ने समेत बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष राम बहादुर खातीले नयाँ युवा पीढीमात्र नभइ सत्ता संचालन गरिरहेका हामी जस्ता जनप्रतिनीधिलाई पनि ब्यवस्थापिका न्यापालिका र कार्यपालिकाका काम कर्तब्य र अधिकारवारे ज्ञानको कमि भएकाले पनि यो कार्यक्रमवाट अनुभव समेट्न मद्दत गर्ने बताउनु भयो ।
कार्यक्रममा थलारा गाउँपालिका अन्तरगतका सवै माध्यामिक विधालयका प्रधानाध्यापक सामाजिक विषय शिक्षक २ छात्र र २ छात्राको सहभागीता रहेको छ । कार्यक्रम ३ दिन सम्म चल्ने र बिधार्थी मध्यवाट सभामुख मन्त्री सांसदको भूमिका निर्वाह गर्दै संसदको अभ्यास गरिने छ । साथै संसदमा पेश भएझै विध्येक पेश गरिने छ र पास गरिने नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय सदस्य तथा प्रशिक्षक विनोद खत्रीले बताउनु भएको छ ।
उदघाटन कार्यक्रमा थलारा गाउँपालिकाका ९ बटै वडाका वडा अध्यक्ष प्रमुख प्रसाशकिय अधिकृत सिद्धराज पण्डित कार्यपालिका सदस्य शिक्षा शाखा सहायक राइभान ओली लगायतको सहभागिता रहेको थियो । नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा २०७४ देखि नमुना संसदको अभ्यास हुदै आएको भएपनि थलारा गाउँ पालिकामा भने यसको अभ्यास पहिलो हो । नमुना संसदमा न्यायिक समितिका काम कर्तब्य र अधिकार बारे पनि छलफल गरिने छ ।