बझाङमा हिमपहिरो, २ जना घाइते, ३ लापता

सेयर गरौं

बझाङमा हिमपहिरोमा परेर दुई जना घाइते छन् भने तीन जना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका वडा नम्बर २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जादा दुई जना घाइते र तीन जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुुरिएर तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली हिडेको जानकारी दिए तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनी बताउँछन्।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ भने सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वको टोली घटनास्थलतर्फ हिडेको छ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको बुझिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228