१२ माघ २०८१, शनिबार
थलारामा बिधालय स्वास्थ्य तथा षोषण कार्यक्रमको पोषण सप्ताह २०८० को समिक्षा गरियो ।
थलारा गाउँ पालिकामा बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रमको पोषण सप्ताह २०८० को समिक्षा गरिएको छ ।
बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र IDS नेपालको सहजिकरण र थलारा गाउँ पालिकाको समन्वयमा संचालित बिधालय दिवा खाजा कार्यक्रमको सोमबार पोषण सप्ताह २०८० को समीक्षा गरिएको हो ।
बिश्व खाद्य कार्यक्रमको सहयोगमा IDS नेपालले थलारा गाउँ पालिकाका दिवा खाजा लागू भएका ४५ वटै सामुदायिक बिधालयमा बालबालिकाको स्वास्थ्य सुरक्षाका क्षेत्रमा काम गर्दै आएको छ ।उक्त कार्यक्रमको समीक्षा गरिएको हो ।
हरेक बर्ष जेठ १ देखि ७ गतेसम्म मनाईने पोषण सप्ताह यो बर्ष पनि थलारा गाउँपालिका स्वास्थ शाखाको सहकार्यमा मनाईएको र स्वास्थ्यकर्मिद्वरा बिधालयमा वालबालिकाको स्वास्थ परिक्षण गरिएको IDS नेपालका थलारा संयोजक सुरेश सिंहले बताउनु भयो ।
समीक्षा कार्यक्रममा बिधालय बालबालिकामा आँखा र दाँतको समस्या देखिएको रिपोर्टिङ भएको थियोे ।कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले समस्या समाधानका लागि बजेट सहित सस्थागतरुपमा लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तरगत IDS नेपाल ले बझाङका १२ वटै स्थानीय तहका सामुदायिक बिधालयमा BMI(आँखा,कान,मुखको जाँच) जुकाको ओषधी सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएको बिश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र रसाइली ले जानकारी दिनु भयो ।
समीक्षा कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती,स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली,शिक्षा शाखा सहायक राइभान ओली,पालिका अन्तरगतका सबै स्वास्थ्य संस्थाका इन्चार्ज हरुको उपस्थिति रहेको थियोे ।