२४ माघ २०८१, बिहीबार

स्थानीय सरकार संचालन सम्सोधन बिधेक परित गर्दै थलारा गाउँपालिकाले आयोजना गरेको नमुना युवा संसद कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकाले आयोजना गरेको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । आइतवार देखि संचालन भएको नमुना युवा संसदले स्थानीय सरकार संचालन संसोधन बिधेयक पेस गरी पारित गरि सम्पन्न भएको हो ।
नमुना संसदमा संसदको आब्हान देखि अन्त्य सम्मको प्रक्रिया अभ्यास गरेको थियो । संसदमा नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय सदस्य विनोद खत्रीले सभामुखको भूमिका निर्वाह गर्नु भएको थियो । त्यस्तै थलारा माध्यामिक विधालयका बिधार्थी दिपेन्द्र राज जोशीले प्रधानमन्त्री र शारदा माध्यामिक विधालयका विधार्थी प्रकास निरौलाले प्रतिपक्ष दलको नेताको अभिनय गर्नु भएको थियो । संसदमा सुन्य समय विषेश समय बिधेयक पेश सैदान्तिक छलफल दफावार छलफल गरिएको थियो भने मन्त्रिले जवाफ दिने र प्रधानमन्त्रि र दलका नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा राज्यका अंगहरु ब्यवस्थापिका न्यापालिका र कार्यपालिकाको बारेमा पनि छलफल गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा बक्तित्वकला अनुसन्धान र नेतृत्व विकास विधामा प्रथम द्धितिय तृतिय र सान्त्वना सहित बिधार्थीलाई सम्मान गरिएको थियो । थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाको प्रमुख आतित्यता रहेको कार्यक्म नयाँ नेपाल नयाँ सोच नेपालका बझाङ इकाइ अध्यक्ष संजिता धामिको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्क्ष राम बहादुर खाती प्रमुख प्रसाशकिय अधिकृत सिद्धराज पण्डित शिक्षा सहायक रायभान ओली लगायत अतिथि रहनु भएको थियो ।
कार्यक्रमा थलारा गाउँपालिकाका सवै माध्यामिक विधालयवाट प्रधानाध्यापक सामाजिक विषयका शिक्षक दुई जना छात्रा र दुईजना छात्रको प्रतिनीधित्व गराईएको थियो ।