बझाङमा यार्सा सङ्कलकबीच झडप, दुई जना घाइते

सेयर गरौं

बझाङ: बझाङमा यार्सा सङ्कलकबीच झडप भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ स्थित माझा वनमा यार्सा सङ्कलकहरुबीच झडप भएको हो ।

प्रहरीका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल-२ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबीच झडप भएको हो । झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका र उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201