खप्तड गंगा दशहरा मेलामा आयोजित घोडेदौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम

सेयर गरौं

खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने गंगा दशहरा मेलाको अवषर पारि आयोजित  घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् ।

सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग बाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भएको उक्त प्रतियोगितामा बझाङका पदमराज पाध्य द्वितीय भएका छन् भने बझाङकै जिवन शाही तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू ३० हजार, द्वितीय पुरस्कार रू २० हजार र  तृतीय पुरस्कार रू १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । प्रतियोगितामा विभिन्न जिल्लाका १२ जना प्रतियोगी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203