२४ माघ २०८१, बिहीबार

बझाङमा छोराले बाबुलाइ बन्चरो प्रहार गर्दा गम्भिर घाइते
बझाङः छोराले बाबुलाइ बन्चरो प्रहार गर्दा बाबु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुबा गम्भिर घाइते भएका हुन ।
१६ बर्षिया छोरा अमृत रोकायाले अन्दाजी ३०/३२ बर्षिया बुबा बिक्रम रोकायालाइ आज बिहान ३ बजे सुतेको अबस्थामा अनुहारमा बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
छोराले गाउघरमा पटक पटक झैझगडा गर्ने गरेकाले छोरालाइ झगडा किन गरेको भनेर साझ सम्झाएर सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेका थिए । घटना घटी सकेपछि सँगै सुतेकि आमाले छोरालाइ छुट्रयाउन खोज्दा आमालाइ पनि बन्चरोे प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेश दत्त अबस्थिले जानकारी दिनुभयो ।
घाइते रोकायाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि धनगढी रिफर गरीएको छ । अमृतले आमालाइ पनि बन्चरो प्रहार गर्दा पिठ्रयुमा ३ टाका लगाइएको जिल्ला अस्पताल बझाङले जनाइएको छ । बन्चरो प्रहार गर्ने अमृत फरार रहेकाले प्रहरी निरीक्षकको टोलिले खोजीकार्य जारी राखेको सुचना अधिकारी अबस्थिले बताउनुभयो । घाइते रोकाया मिस्त्रीको काम गदै आएको बुझिएको छ ।