डोटीमा चलिरहेको डोजर खस्यो चालक घाइते

सेयर गरौं

डोटीमा डोजर दुर्घटना भएको छ। सायल गाउँपालिका वडा नम्बर ३ स्थित झिग्राना बेटरा सडक निर्माण गरिरहेको बा ३ क ४०४५ नम्बरको डोजर दुर्घटना भएको हो। दुर्घटनामा चालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको गौरीगङ्गा ५ का २४ वर्षीय विकास सिजापति घाइते भएका छन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

सडक निर्माण गरिरहेको डोजरमाथि ढुङ्गा खस्दा दुर्घटना भएको हो। डोजर सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356