२ फाल्गुन २०८१, शुक्रबार

सुदूरपश्चिमका ३० प्रतिशत नागरिक विदेशमा
धनगढीः सुदूरपश्चिम प्रदेशका ३० प्रतिशत नागरिक विदेशमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशको जम्मा जनसंख्याको २९ दशमलव ८ प्रतिशत नागरिक विदेशमा रहेको पाइएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले उपलब्ध गराएको विवरण अनुसार सुदूरपश्चिममा एक लाख ७२ हजार एक सय १५ परिवारबाट तीन लाख ४३ हजार पाँच सय २३ जना विदेशमा रहेका छन्। उनीहरु मध्ये पुरुषको संख्या धेरै छ। ७४ दशमलव ५ प्रतिशत पुरुष र २५दशमलव ५ प्रतिशत महिला विदेशमा रहेका छन्।
सुदूरपश्चिम प्रदेशका दुई लाख ५५ हजार सात सय ६१ पुरुष र ८७ हजार सात सय ६२ महिला विदेशमा छन्। २०७८ को जनगणना अनुसार सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या छ।
नेपालको कुल जनसंख्याको ९ दशमलव २४ प्रतिशत जनसंख्या सुदूरपश्चिममा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1