बझाङमा वडा अध्यक्षकाे मृत्यु

सेयर गरौं

बझाङमा वडा अध्यक्षकाे मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बाेहराकाे मृत्यु भएको हाे । मंगलबार राति उनकाे ३८ बर्षकाे उमेरमा मृत्यु भएको उनका अाफन्तले जनाएका छन् ।

केही समय अघि देखि विरामि रहेका बाेहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेकाे बुझिएकाे छ । उनलाई नेपालगन्ज बाट घर जान स्वास्थ्यकर्मीले सुझाब दिएका थिए ।

घर पुगेकाे केही दिनमा नै उनकाे निधन भएको हाे । बाेहरा २०७९ काे स्थानिय तहकाे निर्वाचनमा नेकपा एमाले बाट टिकट लिएर निर्वाचित बनेका थिए ।उनकाे वडामा वडा सदस्य सबैजना नेपाली काँग्रेस बाट निर्वाचित भएकाे भए पनि पालिका भरि नेकपा एमाले बाट निर्वाचित हुने एउटै वडा अध्यक्ष बाेहरा मात्रै हुन् । उनकाे लिभर डेमेज भएको र सुगर ,जन्डिस , हेपाटाइटिसले समेत समातेकाे स्वास्थ्यकर्मीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242