थलारा गाउँ पालिकामा तरकारी सम्बन्धि दुई दिने वडा स्तरीय अगुवा कृृषक कृषि तालिम सुरु ।

सेयर गरौं

थलारा गाउँ पालिकामा दुई दिने तरकारी सम्बन्धि वडा स्तरीय अगुवा कृषि तालिम सुरु भएको छ । थलारा गाउँ पालिकाको आयोजनामा संचालन गरिएको तालिम बिहीबार गाउँ पालिका अध्यक्ष प्रकस र‍ोकायाले उद्घाटन गर्नु भएको हो ।

नयाँ कृषि प्रबिधि मार्फत पालिकामा कसरी खेती गर्न सकिन्छ र पालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको थलारा गाउँ पालिका कृषि अधिकृत प्रदिप नेपालीले जानकारी दिनु भय‍ो । उनका अनुसार तालिममा बेमौसमी तरकारी खेती बारे कृषक संग अन्तरक्रिया समेत गरिनेछ ।

तालिममा गाउँ पालिकाका प्रत्येक वडाबाट ७/७ जना अगुवा कृषकको सहभागीता रहेको छ । सहभागीलाई कृषि अधिकृत प्रदिप नेपाली , प्रा.स. तेज बहादुर ओली र ना.प्रा.स.लोकेन्द्र धामीले प्रशिक्षण दिई रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 119