२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिकामा एक दिने महिला हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
थलारा गाउँ पालिकामा महिला हिंसा सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम गरिएको छ ।थलारा गाउँ पालिका महिला बालबालिका को आयोजनामा एकदिने महिला हिंसा न्युनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । समाजमा हुने महिला हिंसा सम्बन्धि घटनाहरु कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा र गाउँ पालिका अध्यक्ष प्रकाश रोकायको
प्रमुख आतिथ्यमा भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि रोकायाले महिला सजक र सक्रिय मात्र हुने हो भने समाजमा हुने हिंसाका घटना पचास प्रतिशत घट्ने छन् भन्दै सबै महिला आपसमा मिलेर बस्न सिक्न र सिकाउन आग्रह गर्नु भयो । त्यस्तै उपाध्यक्ष राम बहादुर खातिले समयको सदुपयोग गर्न र अनावश्यक समय खेर नफाल्न भन्दै कार्यक्रममा सिकेका कुरा समाजाम लागू गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा ९ वटै वडाका महिला स्वयंसेविका, आामा समूह, महिला समुहका प्रतिनिधि, कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत रोकाया लगायत बिषयगत शाखा प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको थियो ।
सहभागी लाई अधिबक्ता शिवराज जोशी र फियान नेपालका कार्यक्रम अधिकृत सीता सिहले लैंगिक हिंसा , महिला अधिकार , हिंसाका प्रकार, हिंसाले समाजमा पार्ने असर र हिंसा न्युनिकरणका उपायबारे प्रशिक्षण दिनु भएको थलारा गाउँ पालिका महिला तथा बालबालिका शाखा प्रमुख हेमन्त चन्दले जानकारी दिनु भयो । कार्यक्रमको सञ्चालन शिक्षा सहायक राईभान ओलीले गर्नु भएको थियोे ।