१७ कार्तिक २०८१, शनिबार
थलारा गाउँ पालिका वडा नम्बर ४ मा महिला,दलित तथा बाल हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न ।
लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ब्यक्ति समाज र सबै को एक्यवद्धता भन्ने नारा सहित थलारा गाउँ पालिका वडा नम्बर ४ मा महिला,दलित तथा बाल हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।समाजमा ब्याप्त विभिन्न खालका हिंसाहरु अन्त्यका लागि गरिएको कार्यक्रम वडा अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा र गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रकाश रोकायाले कविता नाटक र गीतमा दलित, महिला तथा बालबालिकामाथि हुने सबै खाले हिंसा अन्त्य भएको भएपनि ब्यबाहारमा भने त्यो अन्त्य हुन नसकेको भन्दै ब्यबाहारले अन्त्य गर्न सवैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा महिला,दलित तथा बालहिंसा सम्बन्धि नृत्य बक्तित्वकला र हिसाब दौड प्रतियोगिता गरिएको थियोे ।
त्रिभुवन माध्यमिक बिधालयको प्राङ्गणमा गरिएको कार्यक्रममा वडा भित्रका ६ वटा बिधालयको सहभागी भएका र उनिहरुले आ आफ्नो प्रश्तुति प्रस्तुत गरेको वडा सचिव गगन बहादुर सिंहले जानकारी दिनु भयो । कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि वडा सदस्य पार्वती बिष्ट भीम डउडे दुर्गा बिक र मञ्जु बोहरा शान्ति मा.बि. शिक्षक नर बहादुर भण्डारी ऐश्वर्य प्रा.बि प्रअ नर बहादुर बिष्ट प्रेम बोहरा भोजराज उपाध्याय कलक बिष्ट जय बहादुर बिष्ट जयराम बिक लगायत शिक्षक अभिभावक तथा बिध्यार्थीहरुको उपस्थिती रहेको थियोे । कार्यक्रमको संचालन शिक्षक प्रेम बिष्टले गर्नु भएको थियोे ।
प्रतियोगितामा नृत्य तर्फ भुवनेश्वरी प्रा.बि. ठिङ प्रथम बक्तत्विवकलामा त्रिभुवन मा.बि प्रथम भएको छ ।