१२ माघ २०८१, शनिबार
आईपुग्यो थलारा गाउँ पालिकाको एम्बुलेन्स
थलारा गाउँ पालिकाले खरिद गरेको एम्बुलेन्स आज गाउँ पालिकामा पुगेको छ । पाराकाट्ने स्वास्थ चौकीका लागि खरिद गरिएको ख बर्गको एम्बुलेन्स डोटीको बाटो हुदै आज थलारा आईपुगेको हो ।
थलारा गाउँ पालिकाले २०७८/१२/२८ गते १८ हप्ता भित्र गाउँ पालिकामा आई पुग्ने गरि १९ लाख ९१ हजार ४ सय ७० रुपैया पैसा २०मा श्री सैपाल अटोमोवाइलस प्रा.ली अम्मरगढी संग सम्झौता गरेको थियो । उक्त कम्पनीले समयमा एम्बुलेन्स खरिद नगरेपछि गाउँ पालिकाको चर्को आलोचना भएको थियो । गाउँ पालिकाले पटकपटक सम्झौता अनुसार एम्बुलेन्स पुर्याउन ताकेता गरेपनि खरिद कम्पनीले नदिएपछि गाउँ पालिकाले हर्जाना तिराउदै उक्त कम्पनी संगको सम्झौता रद्ध गरेको थियोे ।
नियम अनुसार १० पर्तिशत हर्जाना सहित पैसा असुल भएपछि थलारा गाउँ पालिकाले १ सय दिन भित्र एम्बुलेन्स उपलब्ध गराउने सर्तमा अग्नी ईन कर्पोरेटेडसंग सम्झौता गरेको थियोे । उक्त कम्पनीले सम्झौता अबधि भित्र एम्बुलेन्स थलारा गाउँ पालिकालाई उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बाताउनु भयो ।
ढिलोगरि भएपनि गाउपालिकामा एम्बुलेन्स पुगेपछि गाउँ पालिकावासि खुसी भएका छन् । साथै आकस्मिक विरामि परेको अबस्थामा सेवा पाउने आसा पनि गरेकाछन ।