७ चैत्र २०८१, शुक्रबार

थलारा गाउँ पालिका २ बगाडामा स्थापना भयो अस्थायी प्रहरी पोष्ट
थलारा गाउँ पालिका २ बगाडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकाया र प्रमुख जिल्ला अधिकारी नारायण पण्डेयले शुक्रबार अस्थायी प्रहरी पोषटको बिधिवत उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले
आवश्यकता महसुस गरेर यस क्षेत्रमा प्रहरी पोष्टको माग गरिएको र लोमो समय पछि आवश्यकता पूरा भएको भन्दै प्रहरी पोष्ट स्थापना भएसंगै यस क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायमगर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा ब्यक गर्दै यश कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले प्रहरीले समुदायको शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने छ भन्दै शान्ति सुरक्षाका लागि लग्ने दुरी र समय घटेको र छिटो सेवा प्रवाह हुने बताउनुभयो ।
कार्यक्रममा बझाङ जिल्ला प्रहरी प्रमुख Dsp जागेश्वर भण्डारीले प्रहरी पोष्ट स्थापनाका लागि थलारा गाउँ पालिका बाट पटक पटक निर्णय भएको भन्दै चुनौतीपूर्ण अबस्थामा स्थापना भएको प्रहरी पोष्टलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
थलारा गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष रबिन्द्र खातीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती,पुर्व उपाध्यक्ष गंगुदेबी खडायत,शस्त्र प्रहरी नायब उपरिक्षक नेत्र केशी,सहायक सेनानी ललित बम,अनुसन्धान सहायक कबिन्द्र भण्डारी थलारा गाउँ पालिका नायव सुब्बा भरत रोकाया,वडा नम्बर २ का पुर्व वडा अध्यक्ष हेम खड्का लगायत अतिथि रहनु भएको थियोे ।
थलारा गाउँ पालिका वडा नम्बर २ बगाडा ईलाका प्रहरी कार्यालय खोली देखि ३० किलोमिटर टाढा र रायल प्रहरी चौकी देउराबाट करिब ३ घण्टाको दुरीमा रहेकाले अपराध नियन्त्रण र सर्जिमन मुजुल्का बनाउन पनि दु:ख भोगिरहेका त्यस क्षेत्रका बासिन्दा प्रहरी पोष्ट स्थापना भएपछि खुसी भएका वडा अध्यक्ष रवीन्द्र खातीले बताउनु भयो ।
२०७८ सालदेखि नै बगाडामा प्रहरी पोष्टको माग गरिए पनि हाल आएरमात्र स्थापना भएको हो ।अहिले प्रहरी सहायक निरिक्षक मान बहादुर पालको नेतृत्वमा ५ प्रहरी रहेकाछन ।