सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना

सेयर गरौं

बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
संवाददाता
संवाददाता
Articles: 1230