बझाङको कालंगामा खस्यो मन्त्रीको गाडी, यी ५ जना घाइते [नामसहित]

सेयर गरौं

बझाङमा सुदूपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। आज (मंगलबार) दिउँसो १ बजेर ४५ मिनेट बित्दा जिल्लाको केदारस्यु गाउँपालिका वडा नम्बर १ स्थित कालंगा नदी किनारमा मन्त्री सवार गाडी खसेर दुर्घटना भएको हो।

प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी नदी किनारमा खसेको हो।

डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा गाडी सडकबाट ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परि मन्त्री सिंहसहित ५ जना घाइते भएका छन्।घाइते हुनेमा चालक धर्मराज जोशी
मन्त्री सिंह, उनकी पत्नी अमृता सिंह, जयदेवी सिंह (महिला) र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270