दुर्घटनामा प्रदेश कानुन मन्त्री सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु

सेयर गरौं

धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएकी सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् ।

मन्त्री सहित पाँच जना सवार गाडी मंगलवार दिउसो करीव १ : ४५ बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।

गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपक भण्डारी रहेका समेत घाईते भएका छन् । चालक जोशीको अवस्था मध्यम र प्रहरी सहायक हवल्दार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार देउरा र बागथलाको सडक खण्डबाट करीव ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको थियो । सुरक्षा स्रोतका अनुसार मन्त्री सहित तीनै जनाको घट्नास्थलमै मृत्यु भईसकेको थियो । 

धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि साथीसंगै बझाङ गएका थिए । तर अभिषेक भने मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । स्कर्टिङमा रहेको प्रहरी र अर्को गाडीमा रहेका अभिषेक सहितको टोलीले दुर्घटनाग्रस्त गाडीबाट मन्त्री सहित सबै घाईतेहरुलाई निकालेका थिए ।

घट्नास्थलबाट स्कर्टिङमा खटिएको प्रनानी सुशिल चन्द ठकुरीको टोलीले उद्दार गरी सिंह सहित पाँचै जनालाई देउरास्थित रितु पोलिक्लिनिकमा पु¥याएको थियो । जहाँ उपचारकै क्रममा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयालाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

चिकित्सकले सुरक्षा अधिकारीहरुलाई पनि मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजु जयाको मृत्यु भईसकेकको जानकारी गराई सकेका थिए । तर त्यहाँ दुई जनाको मृत्यु भएको घोषणा गरिएपनि सिंह हाई प्रोफाईलका भएकोले उनलाई मृत घोषणा गर्ने जोखिम पोलिक्लिनिकमा कार्यरत एमबीबीएस चिकित्सकले मोलेनन ।  प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि सिंहको मृत्यु भईसककेको कुरा जानकारीमा आईसकेको थियो । प्रदेश सरकारले आफ्ना तर्फ गर्नुपर्ने अन्तिम कोसिस ग¥यो । र सिंहलाई त्यही अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लगियो । जहाँ चिकित्सकले सिंहको मृत्यु भईसकेको घोषणा ग¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1314