३ फाल्गुन २०८१, शनिबार

बझाङको सदरमुकाम चैनपुर बजार आज पुर्णरुपमा बन्द, ब्यापारीहरुले मनाए शोक बिदा
बझाङ: बझाङको सदरमुकाम चैनपुर बजार आज बन्द गरिएको छ । मंगलबार सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछी आज सदरमुकाम चैनपुरका व्यवसायीहरुले पनि एक दिन सोक मनाएका छन् । उनीहरुले व्यपार व्यवसायलाई पूर्णरुपमा बन्द गरी सोक मनाएका हुन् ।
मन्त्रि सिंह धनगढी बाट जिल्ला सदरमुकाम चैनपुर आउने क्रममा केदारस्यूँ गाउँपालिका वडा नम्बर –१ झारछडा भन्ने स्थानमा सवारी दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहको कोहोल्पुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । साथै सोही दुर्घटनामा परी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको पनि निधन भएको थियो ।
सोही घटनाको सोकमा आज चैनपुरका व्यपारीहरु बजार बन्द गरिएको हो ।
यसैवीच आज नै मन्त्री सिंहको शब आज गृह जिल्लामा बझाङमा ल्याइने जनाइएको छ । अहिले धनगढीमा भइरहेको सवयात्रा पछि सिंहको शव बझाङ ल्याइने भएका छन । दुर्घटनामा परि निधन भएका दुई जनाको सव जिल्ला अस्पताल सिमखेतमा राखिएको छ ।