बझाङ दुर्घटनामा घाइते चालक र पीएसओको अवस्था सुधार भईरहेको प्रहरीको भनाइ

सेयर गरौं

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा घाइते भएका चालक र निजी सुरक्षा अधिकारी (पीएसओ) को स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

बाँकेको कोहलपुरमा उपचाररत चालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवलदार दीपक भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो । मन्त्री सिंहसहित उनीहरु दुबै जनालाई सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो ।

मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भयो भने उनकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि स्थानीय अस्पतालमै मृत्यु भएको थियो । मन्त्रीसहित उनीहरु सवार सु प प्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलवार बझाङको केदारस्यु गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203