बझाङ दुर्घटनाको छानबिन गर्न समिति बन्यो, १५ दिनमा कारण खुल्ने

सेयर गरौं

धनगढी: बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ

सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव नवराज ओझा, मुख्यन्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सदस्य छन् ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230