थलारा गाउँ पालिकाले बितरण गर्यो ३१ जना टुहुरा बालबालिकालाई छात्रवृत्ति

सेयर गरौं

थलारा गाउँ पालिकाले टुहुरा बालबालिकालाई छात्रवृत्ति बितरण गरेको छ । सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तरगत शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा टुहुरा बालबालिकालाई छात्रवृत्ति बितरण गरेको हो ।

थलारा गाउँ पालिकाले गत बर्ष देखि बुबा आमा गुमाएका टुहुरा बालबालिकाको अभिभावकतब ग्रहण गर्ने नीति लिएको छ । सोही नीति अनुसार शुक्रबार पालिका भित्रका ३१ जना बाबु आमा दुवै गुमाएका टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री सहित नगद ११ हजारका दरले छात्रवृत्ति बितरण गरेको हो ।

छात्रवृत्ति बितरणगर्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले आफ्नो कोही छैन भन्ने टुहुरा बालबालिकालाई गाउँ पालिकाले अभिभावकतब ग्रहण गरेको भन्दै गाउँ पालिकाले दिएको रकम पढाईमा खर्च गर्न र पढाइमा उत्कृष्ट बनेेको देख्न पाउने आसा राखेको बताउनुभयो ।

थलारा गाउँ पालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायााको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती,९ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित, टुहुरा बालबालिका र उनिहरुका अभिभावकहरुको उपस्थिति रहेको थियोे ।

सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम अन्तरगत थलारा गाउँ पालिकामा ३६ टुहुरा बालबालिकाको नाम आएपनि मापदण्डमा ३१ जना मात्र परेको शिक्षा संयोजक रोकायाले जानकारी दिनु भयो । उनका अनुसार बालबालिकालाई एउटा ८८५ मूल्यको झोला ८ वटा कापी, दुई दर्जन कलम र ११ हजार नगद दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206