१९ आश्विन २०८१, शनिबार
थलारा गाउँ पालिकालाई घोषणा गरियो पूर्ण खोप सुनिश्चितता,तथा दिगोपना पालिका
थलारा गाउँ पालिकालाई पूर्ण खोप सुनिश्चितता , निरन्तरता तथा दिगोपना घोषणा पालिका घोषणा गरिएको छ । स्थानीय स्वायत्त्व र सहभागीता पूर्ण खोप शुनिश्चितता तथा हाम्रो प्रतिबद्धता भन्ने नारा सहित शुक्रबार एक कार्यक्रमको आयोजना गरि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
पालिकाका ९ वटै वडामा रहेका खोप पाउने उमेर समुहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेकाले गाउँ पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ संयोजक पदम बहादुर ओलीले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता पालिका घोषणाका लागि १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनु पर्दछ । थलारा गाउँ पालिकामा उक्त उमेर समुहका ९ सय १३ बालबालिकाले तालिका बमोजिम खोप पाई सकेका छन ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बझाङ प्रमुख नर बहादुर बोहरा प्रमुख अतिथि उपप्रमुख कृष्ण कृष्ण बिष्ट र थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य जनस्वास्थ्य कार्यालय बझाङका सुरेश रावल, दिपक ऐडी, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित लगायत बिषयगत शाखा प्रमुख, पत्रकार, महिला स्वयंसेवीका र स्वास्थ कर्मिहरुको उपस्थिति रहेको थियो ।