केदारस्युँ गाउँपालिकालाई पूर्ण खाेप मुक्त गाउँपालिका घाेषणा, स्वास्थ्य सस्थाबाट गुणस्तरीय सेवा दिन्छौ अध्यक्ष बाेहराकाे भनाई ।।

सेयर गरौं

पवन बोहरा बझाङ ।

बझाङको केदारस्युँ गाउँपालिका लाई पूर्ण खाेप मुक्त गाउँपालिका घाेषणा गरिएकाे छ ।
केदारस्युँ गाउँ पालिका स्वास्थ्य साखाकाे आयाेजनामा आज बुधबार केदारस्युँ गाउँपालिकाकाे सभाहलमा (राष्ट्रिय खाेप कार्यक्रम ) गरिएकाे छ ।
उक्त कार्यक्रममा पूर्ण खाेप सुनिश्चितता,निरन्तरता तथा दिगाेपनाकाे लागि गाउँपालिका स्तरिय घाेषणा कार्यक्रम गरिएकाे हाे ।
पूर्ण खाेप सुनिश्चितता,निरन्तरता तथा दिगाेपनाकाे लागि गाउँपालिका स्तरिय घाेषणा कार्यक्रमकाे अध्यक्षतामा केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बाेहरा रहनु भएकाे थियाे । प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमख नर ब बाेहरा बिशिस्ट अथिति पालिका उपाध्यक्ष मनिसा धामी,प्रमुख प्रशासकीय अधिकृत पदम राज उपाध्याय रहनु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गणेश बाेहराले पूर्ण खाेप मुक्त गाउँपालिका घाेषणा गरेपनि अझै पनि केदारस्युँमा रहेका बालबालिका खाेप बाट बन्चित हुनसक्छन् । केदारस्युँमा कति बालबालिका रहेका छन्। कति बालबालिका खाेप पाएका छन् यसकाे लेखा जाेखा र रिपोर्टकाे खाेज तलास गर्ने प्रर्छ । मानव जिबनमा सबैभन्दा महत्त्वपूर्ण भनेकाे स्वास्थ्य लाई साेच्छ राख्नु हाे । मानव सरिललाई स्वास्थ राख्न स्वास्थ्य सस्था बलियो हुनु प्रर्छ त्यसैले केदारस्युँमा रहेका सबै स्वास्थ्य सस्था बाट गुणस्तरीय सेवा दिन हामी सधै अगाडि बढ्ने छाै अध्यक्ष बाेहराले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35