विद्यालयमा गएर विद्यार्थी कुट्ने एकजना अभिभावक पक्राउ

सेयर गरौं

दार्चुलाको एक विद्यालयमा गएर विद्यार्थी कुट्ने एकजना अभिभावक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ माध्यमिक विद्यालय बस्कोटमा प्रवेश गरेर विद्यार्थी कुट्ने बैतडीका हरिभक्त गिरी पक्राउ परेका हुन् । 

असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो । आफ्नो छोरालाई कुटेको भन्दै गिरीले साउँदलाई कुटपीट गरेका थिए । 

बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो । 

उनी दुवै कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले जानकारी दिए ।विद्यार्थीबीच खेल्ने बलामा सामन्य झगडा भएको तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको उनले बताए ।

खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिभक्त आएर साउँदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गिरीलाई पक्राउ गरिएको हो । 

नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउदका अभिभावकले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सिंहले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346