७ चैत्र २०८१, शुक्रबार

भैरव माध्यामिक बिद्यालय झाेतामा पालिका स्तरिय किशोर किशोरी सुचना केन्द्रकाे समीक्षा बैठक सम्पन्न ।।
पवन बाेहरा _बझाङ ।
भैरव माध्यामिक विद्यालय झाेतामा पालिका स्तरिय किशोर किशोरी सुचना केन्द्रकाे समीक्षा बैठक सम्पन्न भएकाे छ ।
जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा नम्बर ९ झाेतामा अबस्थित भैरव माध्यमिक विद्यालयमा किशोर किशोरी सुचना केन्द्रकी अध्यक्ष सुदिक्षा मिश्रकाे अध्यक्षतामा बैठक संचालन गरिएकाे हो । प्रमुख अथिति केदारस्युँ गाउँपालिका उपाध्यक्ष मनिषा धामी रहनु भएकाे थियाे । भने उक्त पालिका स्तरिय किशोर किशोरी केन्द्रहरूकाे समीक्षा बैठकमा शिछाेदय माध्यामिक विद्यालय,गर्जेपानि माध्यामिक बिद्यालय,बेताल माध्यमिक बिद्यालय,जगन्नाथ माध्यमिक बिद्यालय,भवानी माध्यामिक बिद्यालय र भैरव माध्यमिक बिद्यालयका प्र.अ,शिक्षक अभिभावक संघका अध्यक्ष, फाेकल शिक्षक र किशोर किशोरीहरूकाे उपस्थिति रहेको थियाे ।
पालिका स्तरिय किशोर किशोरी सुचना केन्द्रहरूकाे समीक्षा बैठकमा किशोर किशोरी सुचना केन्द्रकाे निर्माणमा सराेकारवाला हरूकाे भुमिका बारे छलफल गरिएकाे छ । त्यसै गरि किशोर किशोरी सुचना केन्द्रकाे गत बर्षकाे प्रगति बिवरण सहभागी बिध्यालयका फाेकल शिक्षकहरूले प्रस्तुत र अन्तक्रिर्या गरि एक बर्षे साझा कार्य याेजना निर्माण गरिएकाे भैरव माध्यमिक बिद्यालयका शिक्षक खगेन्द्र नाथ बियाेगीले बताउनु भयाे ।
साेहि बैठकमा बाेल्दै प्रमुख अथिति तथा कदारस्युँ गाउँपालिका उपाध्यक्ष धामीले किशोर किशोरी सुचना केन्द्र हरूकाे बिद्यालयहरूमा अति आवश्यक भएकाे पालिका भित्र रहेका बिद्यालयहरूमा किशोर किशोरी सुचना केन्द्रकाे लागू गरिने र लागुु भएका बिद्यालयहरूमा व्यवस्थित तरिकाले अगाडि लैजाने बताउनु भएकाे छ ।

