दार्चुलाको मार्माका एकजना पुरुष बुहारी लिएर टाप

सेयर गरौं

दार्चुलाको मार्मा गाउँपालिकाका एक जना पुरुष आफ्नै बुहारी लिएर टाप भएका छन् । मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्टले भतिजाकी श्रीमती लगेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ ।

सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ ।

जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका संग भागेपछि उनले विलौना पोखेका छन् ।

श्रीमतीको खोजीका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए । कसैले देखेमा नेपालको लागि सम्पर्क नम्बर ९८६२५७७२४५र भारतमा ७०३७१४१७५७,९१२९१४३१२२ सम्पर्क गरिदिन आफन्त स्रोतले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
4
+1
0
+1
0
+1
2
संवाददाता
संवाददाता
Articles: 1338