१९ आश्विन २०८१, शनिबार
बझाङबाट काठमाडौंका लागि छुटेको बस खस्यो, २५ जना थिए सवार
धनगढी: बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ। हिजो छुटेको बस आज बिहानै दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो। सो बस रोडभन्दा करिब ५ मिटर तल पल्टिएर खसेको बताइएको छ।
दुर्घटनामा परि अन्दाजी सवार २५ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य घाइते भएका छन्। अहिले प्रहरीले घाइतेहरुको उद्वार गरि उपचारको लागि लगिरहेको जनाएको छ।
उक्त बसमा भोलि १६ गते हुने सिभिल सब-असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जान लागेका थिए। घटनाको थप विवरण आउन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1