बझाङको केदारस्युँ गाउँपालिकाद्वारा कृषि जन्यसामाग्री ढुवानी सेवा संचालनमा

सेयर गरौं

बझाङ ! बझाङको केदारस्युँ गाँउपालिकाले कृषि जन्यसामाग्री ढुवानी सेवा संचालनमा ल्याएकाेछ । पालिकाका विभिन्न वडा तथा टाेल टाेलमा उत्पादन भएका फलफुल तरकारी र रैथानेबालीहरु बजारिकरणका लागि कृषि जन्यसामाग्री ढुवानी सेवाबिहीबारदेखि संचालनमा ल्याएको हो । साथै उक्त ढुवानी सेवा मार्फत पालिकाका विभिन्न वडाका गर्भवती महिला तथा आकस्मिक हुने दुर्घटनाका लागि समेत नि:शुल्क सेवा दिईने पालिका अध्यक्ष गणेश बहादुर बोहराले बताउनु भएको छ ।

पालिकाका विभिन्न ठाउँमा किसानले फलाएका फलफूल लगाएको तरकारी र रैथानेवालीलाई सहज रुपमा बजार सम्म ढुवानी गर्न पालिकाले बोलेरो जिप खरिद गरि ढुवानी सेवा संचालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले जानकारी दिनु भएको छ ।

उहाँले भन्नुभयो किसानले धेरै कृषि उपज बस्तु फलाउन सक्छ तर बजारीकरणको अभावले उत्पादनमा कमि आएको हो । अब पालिकाले कृषि जन्यसामाग्री निःशुल्क ढुवानी सेवा संचालनमा ल्याएको छ, कृषकलाई पनि उत्पादनमा जोड दिन आग्रह गर्दछौ ।

पालिकाको माथिल्लो भूभागमा आलु लगायतको तरकारी र अन्य फलफूल प्रशस्त फल्छ, तर बजार नपाउँदा तथा बजारसम्म पुर्‍याउन ढुवानी सेवा नहुँदा कति कुहिने गर्छ भने कतिपय किसानले कुहिने डरमा आफ्नो लागि मात्रै फलाउछन् उपाध्यक्ष मनिषा धामीले भन्नुभयो । बजारीकरणको असहज स्थितिलाई सहज बनाएपछि किसान उत्पादनमा जोड दिने र कृषिमा आत्मनिर्भर बनुन भन्ने हेतुले ढुवानी सेवा संचालनमा ल्याएको उपाध्यक्ष धामीको भनाइ छ । त्यस्तै उहाँले गर्भवती महिलालाई समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान जाने सम्भावना बढी हुन्छ, गाडी भए छिटो अस्पताल पुर्‍याउन सकिन्छ, यसगाडीले आपतमा परेका नागरिकलाई सहयोग गर्ने छ ।

माग बमोजिम प्रस्ताव पेश गरि संघीय सरकारको विशेष अनुदान पोषण कार्यक्रम अन्तर्गत पालिकाले ३० लाख ८० हजार रुपैयाँमा कृषि जन्यसामाग्री ढुवानी सेवाका लागि बोलेरो जिप खरिद गरेकोे छ ।

ढुवानीका लागि सम्पर्क गर्नुस्
अध्यक्ष : गणेश बाेहरा -९८६५६२०२७०
उपाध्यक्ष : मनिषा धामी -९८६४३२८७२२
प्रमख प्रशासकिय अधिकृत :- ९८५८४५४८३५
चालक : राजेश भण्डारी- ९८६५६२२६२३
चालक : राम खाती -९८६८५३६९५२

1688632611696
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212